१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा लाभांश प्रस्ताव

सिटिजन्स बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको छ। बैंकको सञ्चालक समितिको निर्णय बमोजिम उक्त लाभांश स्वीकृत भएको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आव २०७९/८० को वितरण योग्य मुनाफाबाट २०८० असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रूपैयाँको ५.७९ प्रतिशतले हुने ८२ करोड २१ लाख ६१ हजार रूपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८० ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App