न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न बनाउन जरुरीः गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउन जरुरी रहेको बताएका छन्।
गृहमन्त्री बालकृष्ण खाँणले न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउन जरुरी रहेको बताएका छन्।
नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए।
गृहमन्त्री बालकृष्ण खाँणले नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने बताएका छन्। बिहीवार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन्।
रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भएका छन्।
गृहमन्त्री तथा रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण खाँणले लामो समयदेखि अलमल र विवादमा परेको रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रलाई स्थापित गर्दा स्थानीयबासी कसैलाई पनि विस्थापित नगरीने बताएका छन्।
गृहमन्त्री खाँणले पाँच दलीय गठबन्धनकै नेतृत्वमा मुलुकमा गरिवी हट्ने र रोजगारीको अवसर उपलब्ध गराउन सकिने जिकीर पनि गरे।
‘यहाँका ठूलादेखि साना आयोजनाहरु नेपाली काँग्रेसले ल्याएको हो तर अन्य पार्टीका केही नेता साथीहरुले अहिले यो पनि मैले गरेको त्यो पनि मेले गरेको भनेर भ्रम छरिरहनु भएको छ' खाँणले भने।
गृहमन्त्री बालकृष्ण खाँणले मंसिर ४ को निर्वाचनमा मतदातालाई मतदान गर्ने अधिकारबाट कसैले बञ्चित गर्न नहुँने बताएका छन्।
गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पारेर झुट्टा आश्वासन नबाँड्ने बताएका छन्।
गृहमन्त्री खाँणले नेपालमा रहेका सबै राजनीतिक शक्तिहरु र सबै राजनीतिक दलसँग नेपाल सरकार संवाद, छलफल र वार्ता गर्न तयार रहेको भन्दै वार्ताको प्रक्रियाबाट विभिन्न राजनीतिक दलहरुले अघि सारेका मुद्दालाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
उनले भने 'कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ।'
‘प्रतिगमनका विरुद्ध लड्न गठबन्धन गरेका हौं। देशलाई दुर्घटनाबाट जोगाउन, विकास र समृद्धि ल्याउन गठबन्धनका उम्मेदवारलाई जिताउनुस् तपाईंहरुले नै खोजे जस्तो काम गरेर देखाउँनेछौं’ नेता खाँणले भने।
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता खाँणले बिहीबार निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकहरुले ब्याजदर वृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने बताए।
उनले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताए। गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको बताए।
मंगलबार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघको बार्षिक साधारणसभामा बोल्दै उनले गृहमन्त्री खाँणले नागरिकताविहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन पनि संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकिर समेत गरे।