१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

खाँण र रायमाझीसहित १६ जनालाई केन्द्रिय कारागारमा राखिने

फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको १६ जनालाई केन्द्रिय कारागारमा राखिने भएको छ।

प्रहरी श्रोतका अनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको १६ जनालाई केन्द्रिय कारागार सुन्धारामा राखिने भएको हो।

शुक्रबार जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

त्यस्तै अभियुक्तमध्येका टंक गुरुङलाई दश लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए। जिल्ला अदालतमा यो मुद्दामा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो।  कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन्।

प्रकाशित: १ असार २०८० १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App