१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

खाँण रिहाइको प्रक्रियामा, कार्यकर्ता स्वागत गर्न कारागार अगाडि

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण आज धरौटी बुझाएर छुट्दै छन्।

आज बिहानैदेखि रिहाइको प्रकियामा रहेका खाँणले जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्। त्यसपछि भने उनलाई सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइएको छ।  त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ।

यता केन्द्रीय कारागार अगाडि भने खाँणको स्वागतका लागि कार्यकर्ताहरू जम्मा भएका छन्। तर बिहानै कारागारबाट रिहाइ प्रकियाका लागि निस्किएका खाँण भने उतैबाट घर जाने बताइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण पक्राउ परेका थिए। खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो। खाँणसहित प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई  १ असार २०८० मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो।

त्योविरुद्ध खाँणसहितका आरोपीहरु उच्च अदालत, पाटन गएका थिए। उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा १५ मंसिरमा खाँणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरुको राय बाझिएको थियो।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। खरेलले तत्काल उनी निर्दोष छन् आधारहरु नदेखिएको भन्दै छाड्नु नहुने राय दिएका थिए। त्यसपछि बिहीबार तेस्रो न्यायाधीश कहाँ पेश हुँदा उनलाई छाड्ने आदेश सदर भएको थियो।

प्रकाशित: २९ मंसिर २०८० ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App