३ पुस २०८१ बुधबार
image/svg+xml

नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रीको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

नवरात्रीमा देवी मन्दिरमा दर्शनार्थीको भीड (फोटोफिचर)

नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडा दसैँको आज पहिलो दिन हो। आश्विन शुक्ल प्रतिपदाबाट शुरु हुने बडा दसैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) मनाइन्छ।

चन्द्रघण्टा देवीको पूजा गरिँदै

दसैंको तेस्रो दिन मंगलबार नवदुर्गाका नौवटा रूपमध्ये ‘चन्द्रघण्टा’ नाम गरेकी दुर्गा भवानीको पूजापाठ तथा दर्शन गरेर दसैं मनाइँदै छ। यस दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता रहेको छ।

भक्तपुरमा नवरात्री मेला

घटस्थापनाको दिन बुधबारदेखि भक्तपुरमा नवरात्री मेला सुरु हुँदैछ । दसैंका नौ रात यहाँका नौ शक्तिपीठमा मेला लाग्ने गर्दछ । राती मेला लाग्ने भएकाले यस मेलालाई नौ राते मेला भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्