१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘कोरोनाको परिवर्तित बेलायती रूपलाई खोपले नरोक्न सक्छ’

एरिजोना विश्व विद्यालयका जीवशास्त्री माइकल वोरोबीले कोभिड–१९ संक्रमण गर्ने १ लाखभन्दा बढी भाइरसका स्ट्रेन देखेका थिए । जब उनले बेलायतमा हालसालै देखिएको फरक रूप (भेरियन्ट) देखे, त्यो अन्यभन्दा फरक थियो । ‘पूरा महामारीको अवधिमा मैले देखेकोमा यो भाइरस नयाँ खाले थियो, मैले एक कदम पछाडी फर्केर भने, ओह कस्तो खाले भेरियन्ट,’ उनले भने ।

कोरोनाको परिवर्तित रुपबारे अध्ययन गरिने

सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले भाइरसको नयाँ स्वरुप नेपालमा भएनभएको अध्ययन गर्ने निर्णय गरेको हो ।

‘कोरोनालाई खेलाँची नठानौँ’

‘हामीले त कोभिड जित्यौँ। तपाईहरु जीत्न सक्नु हुन्छ हुँदैन थाहा छैन। कोभिडका कारण कैयन युवाको ज्यान गइसकेको छ। त्यसैले कोरोनालाई हल्का रुपमा नलगौँ। सबै प्रकारका सावधानी अपनाऔँ। हामीले त दुःख पायौँ पायौँ, तपाईहरु यो संक्रमणबाट बच्नुस।’

कोरोनाभाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

कोरोनाभाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ। यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन्।

नेपाल र बेलायतबीच हवाई उडानमा प्रतिवन्ध

बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि नेपाल र बेलायतबीच हुने सबै हवाई उडानमाथी अस्थायी रूपमा प्रतिवन्ध लगाइएको छ।

बेलायतमा कोरोनाले नयाँ रूप लियो भन्ने चिन्ता भइरहेका बेला त्यहाँबाट भारत आएका ८ यात्रुमा संक्रमण

बेलायतमा नयाँ स्वरूपमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको भनेर विश्वभर चिन्ता भइरहेका बेला त्यहाँबाट भारत फर्किएका ८ यात्रुमा संक्रमण देखिएको छ।

सामुदायीकमा पढाई सुरु, निजीले अझै आँट गरेनन्

अधिक सामुदायीक विद्यालयले भौतिक रुपमै पठनपाठन सुरु गरिसक्दा निजी विद्यालयले भने अझै आँट गरेका छैनन् ।

मेयर विद्यासुन्दर शाक्यले समेत कोरोनाकाे बिमा रकम पाउन नसकेकाे गुनासाे

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजिटिभ भई बिमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुन सकेको छैन।

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताए।

थपिए ७ सय ८२ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ७ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २९ जना संक्रमण मुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

कोभिड सङ्क्रमितको क्वारेन्टिनमा बस्नुपर्ने समय घट्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ। यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ।

काठमाडौं महानगर भन्छ : जोखिम कायमै छ, विद्यालय सञ्चालन नगर्नुस्

कोभिड–१९ महामारीको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ। केही दिनअघि विज्ञसँगको छलफलमा कामपाले कम्तीमा पनि यही पुस एक महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता दिन भनेको छ।

नेपालमा कोरोना खोपका लागि तयारी गर्न बाँकी नै छ : डा. सुवेदी

विश्वभर पछिल्लो समय तीब्र गतिमा फैलिएको कोरोना भाइरसले मानिसका सम्पूर्ण दैनिक व्यवहारका साथै अर्थतन्त्र नै चौपट पारिरहेको छ। कोरोना भाइरस महामारी नियन्त्रणका लागि ठूला देशमा विभिन्न उपायहरु अपनाउँदा पनि यो नियन्त्रणमा आउन सकेको छैन।

थपिए ७ सय ३६ संक्रमित, सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७

पछिल्लो २४ घण्टामा ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय ४७ जना कोरोना मुक्त भएका छन्। यस्तै १३ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्