८ वैशाख २०८१ शनिबार
समाज

थप ७४३ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपराह्न दिएको जानकारीअनुसार ६ हजार ५ सय ५९ पिसिआर परीक्षण भएको छ। देशभर कोरोना संक्रमण हुनेको २ लाख ५५ हजार ९७९ रहेको छ।  

साथै यस अवधिमा ५ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ।

यस्तै, ९ सय ५२ जना कोरोना मुक्त भएका छन्। यो सँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ जना रहेका छन्।

सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेका छन् भने ४०९ जना क्वारेन्टिनमा छन्।

प्रकाशित: ८ पुस २०७७ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App