तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख
प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु एक करोड ३७ लाख आम्दानी भएको छ। आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो।
प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु एक करोड ३७ लाख आम्दानी भएको छ। आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो।
भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ। आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विशाल यादवले जानकारी दिएका छन्।
भूकम्पले चर्किएका घरका भित्तामा झार पलाएको छ। सुनसान र खण्डहर बनिसकेको छ। मितेरी पुलसँगै जोडिएको लिपिङ विपद्पछि शोकमा डुबे जस्तो भएको छ। एकनास सुसाएको भोटेकोशी र आकलझुकल चल्ने सवारी साधनबाहेकको आवाज त्यहाँ सुनिंदैन।
भरतपुर महानगरपालिका वडा नम्बर तीन लंकु स्थित पुङ्गी खोलामा थुप्रै मान्छे पौडी खेल्थे। वडाध्यक्ष विकास थापा पनि त्यहाँ पौडी खेलेर नै हुर्किएका हुन्।आज भोलि खोला वरपर मान्छे जान सक्ने स्थिति छैन। खोला छेउमै भैँसी काट्ने वधशाला खोलिएपछि त्यहाँ स्वच्छ पानी बग्दैन।विहान पख रगतकै खोला बग्ने शिवपथका जगतमणी घिमिरे बताउँछन्।
बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ। जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
कर्णाली प्रदेश सरकारले निजी उद्योगको नामै किटान गरेर योजना हालेको छ।आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा सुर्खेतको चौकुनेमा दर्ता रहेको सुर्यतारा सिमेन्ट उद्योगको नाम किटान गरी बजेट विनियोजन गरि योजना हालेको हो।
साकेला गाउँपालिका-३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमुना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्।
निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ। आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए।
पानीजहाज सञ्चालन गर्ने, दर्ता र व्यवस्थापन गर्ने नाममा भौतिक पूर्वाधार मन्त्रालयमातहत जलमार्ग आयोजना र नेपाल पानीजहाज कार्यालय गरी दुईवटा छुट्टाछुट्टै निकाय गठन गरिएका छन्।
नेपाल जिओ टेक्निकल सोसाइटीका अध्यक्ष डा. मन्दिप सुवेदीका अनुसार पहाडी भूभागमा सडक निर्माण गर्दा डिजाइनमा जति खर्च गरिन्छ, सोही अनुरूपको खर्च स्लोप डिजाइनमा पनि गर्नुपर्छ। तर त्यस्तो नभएकाले सडकमा बारम्बार पहिरो झर्ने समस्या देखिँदै आइरहेको उनले बताए ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो।
बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ।
कोकाकोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसँग मिलेर आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनर्भरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ।