८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सैनिक आवासीय महाविद्यालयलाई सहयोग हस्तान्तरण

कोकाकोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसँग मिलेर आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनर्भरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ।

कम्पनीले विश्व वातावरण महिनाको अवसर पारेर सैनिक आवासीय महाविद्यालयमा एक समारोह आयोजना हस्तान्तरण गरेको हो। यस प्रोजेक्टमार्फत १२ ओटा बोतल फिलर धारा तथा ८ ओटा बब्लर फसेटलाई ४ ओटा वाटर स्टेसन र डुअल स्पाउट्ससगँ क्रमशः जोड्दै खानेपानी वितरणका लागि २ यु.एफ. फिल्टर उक्त स्थानमा जडान गरिएको कम्पनीले जनाएको छ।

सैनिक आवासीय महाविद्यालयका नेपाली सेना मेजर बाबुलाल जिसीले होस्टलमा पानी ज्यादै आवश्यक हुने उल्लेख गर्दै सफा पिउने पानी बच्चाहरूको लागि आधारभूत अधिकार भएको र यो आवश्यकता पूरा गरी विद्यालयमा पानीको दिगो समाधानको सुविधा स्थापनामा सहयोग गरेकोमा कोका–कोला बेभरेजेज नेपाल र स्प्ल्यास नेपालप्रति आभारी भएको बताए।

कोकाकोला बेभरेजेज नेपालका प्रबन्ध निर्देशक जि दिपक सेन्थिल नाथले विद्यार्थी, शिक्षक वर्ग तथा समग्र सैनिक आवासीय महाविद्यालय समुदायलाई सफा पिउने पानी प्रदान गर्न खटिएका बलिया साझेदारहरूसँग सहकार्य गर्न पाउँदा धेरै खुसी भएको बताए।

प्रकाशित: ४ असार २०८० ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App