१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो

बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित एघार करोड ११ लाख आठ हजार नौ सय २७ रुपैयाँको लागतमा निर्माण भइरहेको  यो आयोजनामा बढीले क्षति पुर्‍याएको हो।

बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्याङ्की बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ। चयनपुर नगरपालिका-११ मा रहेको यो आयोजनाबाट तीन सय ८६ मध्ये १०० परिवारले पानी उपभोग गर्न थालेका थिए। खोलामा आएको बढीले आयोजनालाई क्षति पुर्‍याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताए।

निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा क्षति पुगेपछि समस्या थपिएको उनको भनाइ थियो। ‘सवा खोलामा आएको बाढीले आयोजनाको काममा पूर्ण रूपमा क्षति पुगेको छ’ प्रमुख सिंहले भने, ‘खोला किनारमा रहेका संरचना बनाएको छ, क्षतिको पूर्णविवरण आउन बाँकी छ। अनुमानित डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अवस्था छ।’

आर्थिक वर्ष २०७५/७६देखि  यो योजनाको निर्माण थालिएको हो। बाढीले पानी तान्ने ठाउँमा रहेको सम्पूर्ण उपकरण तथा संरचनामा क्षति पुर्‍याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले बताए।

‘बढीले खानेपानी सञ्चालनमा अवरोध भएको छ’उनले भने, ‘खोला किनार रहेको कुनै पनि संरचना बाँकी छैनन्। सबै पुरिएको अवस्था छ। बाढीका कारण करोडौँको क्षति भएको अवस्था छ।’

प्रकाशित: ४ असार २०८० ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App