७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

गौरवपूर्ण नेपाली क्रिकेट गाथा

नेपाली क्रिकेटले पछिल्लो समय एकपछि अर्को सफलता दिलाएको छ। नेपाली क्रिकेट टोलीले बिहीबार घरेलु मैदानमा अविश्वसनीय नतिजा निकाल्दै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनायो।

नेपाली क्रिकेट टिमलाई बधाई दिंदै राष्ट्रपति पौडेलले भने: खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ

विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकोमा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे।

सन्दीप आईसीसी विश्वकप लिग २ खेल्न युएई उडे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।

सन्दीपको पुनरावेदनबारे सर्वोच्चमा सुरु भयो सुनुवाइ

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

विजेता क्रिकेटरलाई जनही २ लाख

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार नेपाली राष्ट्रिय क्रिकेटरसँग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले टोलीका सदस्यलाई जनही २ लाख रूपैयाँसहित सम्मान गर्ने जनाएका हुन्।

म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु: सन्दीप लामिछाने

सन्दीपले भने, ‘अदालतको तर्फबाट भएको आदेशलाई सम्मान गर्ने छु। अहिलेको लागि म आफ्नो परिवार भन्दा अरु सोच्न सकेको छैन। म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु। तपाइहरुको अपार मायाको लागि धन्यवाद म अहिले धेरै प्रतिकृया दिने हालतमा छैन। समयसँग सबै कुराहरु सबैको अगाडी आउने छ। ’

सन्दीप लामिछाने कारागारबाट रिहा

शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन्।

फेरि अन्योलमा नेपाल ट्वान्टी-२० लिग

पटकपटक सारिँदै आएको नेपाल ट्वान्टी-२० लिगको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोली नै अन्योलमा परेका छन्।

संकटमा सन्दिपको क्रिकेट जीवन

एकपछि अर्को गर्दै सफलता हासिल गर्र्दै नेपाली क्रिकेट जगत्बाट उदाएरअन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ मा पहिचान बनाइरहेका सन्दिपमाथि पछिल्लो समय बालिका बलात्कारगरेको गम्भीरआरोप लागेको छ। यो आरोप पुष्टि भए उनको क्रिकेट जीवनमा ‘पूर्णविराम’ लाग्ने जोखिम छ।

काठमाडौँ आइपुगेपछि प्रशिक्षक प्रभाकरले भनेः छोटो समयमै टिममा परिवर्तन देख्नुहुनेछ

‘मेरो लागि यो चुनौती हो। त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने। ‘म सँग धेरै अनुभव छ। मलाई लाग्छ मैले राम्रो नतिजा दिन सक्नेछु। कसरी सबै कुरा सुधार गर्ने युवा खेलाडीसँग कसरी काम गर्ने मलाई थाहा छ। यो सानो कुरा हो सुधार मात्रै आवश्यकता छ तपाईँले दुई देखि तीन महिनामा भिन्नता पाउनुहुनेछ। त्यही सबै कुरा सुधार्नका लागि म यहाँ आएको छु।,’

प्रभाकर नेपाली क्रिकेट टोलीका प्रशिक्षक

भारतीय क्रिकेट टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान तथा बलर मनोज प्रभाकर सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।

नेपाली क्रिकेट विकास गर्न सदैव तयार छौं : आइसिसी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली क्रिकेट विकास लागि सधैं सहयोग गर्न तयार रहेको बताएको छ।

‘अनुशासित बलिङको निरन्तरताले नेपाललाई सफलता’

आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्