२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

दाहालले मंगलबार खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने बताएका हुन्।

एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई दिंदै दाहालले भनेका छन्,'देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।'

आज एसीसी प्रिमियर कपको फाइनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ। 

प्रकाशित: १९ वैशाख २०८० ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App