१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

संकटमा सन्दिपको क्रिकेट जीवन

एकपछि अर्को गर्दै सफलता हासिल गर्र्दै नेपाली क्रिकेट जगत्बाट उदाएरअन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ मा पहिचान बनाइरहेका सन्दिपमाथि पछिल्लो समय बालिका बलात्कारगरेको गम्भीरआरोप लागेको छ। यो आरोप पुष्टि भए उनको क्रिकेट जीवनमा ‘पूर्णविराम’ लाग्ने जोखिम छ। 

आठ वर्षअघि नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके नेपाली क्रिकेटका लागि नयाँ प्रतिभा खोजिरहेका थिए। त्यसक्रममा उनको यात्रा चितवन पुगेको थियो; जहाँ ‘ट्यालेन्ट हन्ट’ नामक प्रतियोगिता भइरहेको थियो। त्यही प्रतियोगितामा सहभागी १४ वर्षीय एक किशोरको बलिङ कलाले पुबुदुको ध्यान तान्यो। ती किशोरथिए– सन्दिप लामिछाने।

सन्दिप उतिबेला राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले खोलेको चितवन क्रिकेट एकेडेमीमा अभ्यास गरिरहेका थिए। त्यहाँ उनी साथीहरूकै लहलहैमा लागेरपुगेको जानकारहरू बताउने गर्छन्। पुबुदुको नजरमा परेपछि नै सन्दिपको क्रिकेट करियरको ‘सूत्रपात’ भएको हो। त्यसपछि उनको क्रिकेट यात्राले गति लियो। तत्कालै पुबुदुले उनलाई राष्ट्रिय टिमको क्याम्पमा राखेरप्रशिक्षण दिन थालेका थिए।

त्यही क्रममा सन्दिपले सन् २०१६ मा भएको अन्डर१९ विश्वकप क्रिकेट खेल्ने मौका पाए। उक्त प्रतियोगितामा उनका लागि अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाउने माध्यम बन्न पुग्यो; जहाँ उनले गरेको प्रदर्शनले उल्लेख्य चर्चा बटुल्यो; जहाँ उनले आयरल्यान्डविरुद्धको खेलमा ह्याट्रिकसहित पाँच विकेट लिएका थिए।

सोही प्रदर्शनबाट प्रभावित भएरअस्ट्रेलियाली क्रिकेट टिमका पूर्वकप्तान माइकल क्लार्कले उनलाई आफ्नो देश बोलाएरप्रशिक्षणको मौका दिए। क्लार्क त्यतिमै रोकिएनन्। उनले अन्तर्राष्ट्रिय स्तरका चर्चित ‘फ्रेन्चाइजी लिग’ मा पनि सन्दिपको पदार्पणका लागि ढोका ढक्ढक्याइदिए। क्लार्ककै सिफारिसमा विश्वको सबैभन्दा सर्वाधिक ठूलो फ्रेन्चाइजी इन्डियन प्रिमियरलिग (आइपिएल) अन्तर्गत सन् २०१८ मा सन्दिपले पहिलोपटक खेल्ने मौका पाए; जुन लिगमा खेल्ने सन्दिप हालसम्म नेपालका एक्ला खेलाडी हुन्।

त्यतिबेला अस्टे«लियाली क्रिकेट टिमकै पूर्वकप्तान रिक्की पोन्टिङ आइपिएलको दिल्ली डेयरडेभिल्स टिमको ‘हेड कोच’ थिए। उनले क्लार्कको कुरा सुने रसन्दिपलाई आफ्नो टिममा लिए। सोही लिगमा सन्दिपले लगातारतीन वर्ष खेल्ने मौका पाए।

त्यसपछि सन्दिपले विश्वका अस्टे«लियाको बिगब्यास, पाकिस्तानको पिसिएल, वेस्ट–इन्डिजको सिपिएलजस्ता ठूला रमहँगा फ्रेन्चाइजी लिगसम्म खेल्ने मौका पाउँदै आएका छन्। यसैक्रममा उनले अन्य मुलुकमा सञ्चालन हुने थप फ्रेन्चाइजी लिग खेल्ने मौका पनि पाउँदै आएका छन्। यस्तै ‘आइसिसी विश्व– ११’ बाट पनि खेलिसकेका छन्।

नेपाली राष्ट्रिय टिमबाट खेलेरपनि सन्दिपले तमाम रेकर्ड बनाएका छन्। अन्तर्राष्ट्रिय एकदिवसीय रटी– २० मा उनी विश्वका सर्वोत्कृष्ट स्ट्राइकरेट भएका बलरहुन्। यस्तै लगातारतीन एकदिवसीय म्याचमा ४÷४ विकेट लिने खेलाडीको रेकर्ड पनि उनको नाममा छ।

अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा तीव्रतर५० विकेट लिने उनी विश्वका दोस्रो खेलाडी हुन्। उनले २२ इनिङमा ५० विकेटको रेकर्ड बनाएका छन् भने अन्तर्राष्ट्रिय टी– २० मा २९ इनिङमा ५० विकेट लिएरविश्वको तेस्रो तीव्रत्तर५० विकेट लिने खेलाडीको रेकर्ड उनको नाममा छ। यस्तै एउटै इनिङमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने दोस्रो खेलाडी हुन्।

उनले अन्तर्राष्ट्रिय टी– २० मा ३१ मे २०१८ रएकदिवसीयमा १ अगस्त २०१८ मा डेब्यु गरेका थिए। खेल सुरु गरेको चारवर्षमै उनले उल्लेख्य सफलता पनि हासिल गरेका छन्। उनले हालसम्म ३० अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा ६९ विकेट लिएका छन्। यस्तै ‘लिस्ट ए’ का ५४ एकदिवसीय खेलमा एक सय १५ विकेट लिएका छन्। अन्तर्राष्ट्रिय टी– २० का ४४ खेलमा ८५ विकेट लिएका छन्।

यसरी अन्तर्राष्ट्रिय खेलमा लगातारलोभलाग्दो प्रदर्शन गरिरहेका उनलाई पछिल्लो समय नेपाली क्रिकेट टोलीको कप्तानको जिम्मेवारी दिइएको थियो। यसरी एकपछि अर्को गर्दै सफलता हासिल गर्र्दै नेपाली क्रिकेटबाट उदाएरअन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ मा पहिचान बनाइरहेका सन्दिपमाथि पछिल्लो समय गम्भीरआरोप लागेको छ। यो आरोप पुष्टि हुने हो भने उनको क्रिकेट जीवनमा ‘पूर्णविराम’ लाग्ने जोखिम छ।

सन्दिपमाथि एक १७ वर्षीया नाबालिका किशोरी बलात्कारगरेको आरोप लागेको हो। भदौको तेस्रो साता ती किशोरीका दाजुले प्रहरी वृत्त गौशालामा सन्दिपविरुद्ध किटानी जाहेरी दिएका छन्। जाहेरी रत्यसपछि प्रहरीले सुरु गरेको अनुसन्धानबारे खबरअहिले छताछुल्ल बाहिरिइसकेका छन्। भदौ ५ गते ती किशोरीलाई भक्तपुरको नगरकोट घुम्ने बहानामा लगेको रजानाजान रात पारी काठमाडौंको सिनामंगलस्थित ‘काठमाडौं इन’ होटलमा लगेरनशामा लठ्याई दुईपटक बलात्कारगरेको अभियोग लागेको छ।

आरोप पुष्टि भए करिअरसमाप्त !

सन्दिपमाथि आरोप लगाउने किशोरी नाबालिका रहेको नेपाल प्रहरीले जनाएको छ। उनीहरू सो राति आरोप लगाएअनुसारकै होटलमा प्रवेश गरेको रबाहिरिएको सिसिटिभी फुटेज फेला परेको प्रहरी स्रोत बताउँछ। यसबाहेक जाहेरी रआरोपक किशोरीले दिएको बयानअनुसारको धेरैजसो भनाइमा रीत मिलेको पनि अनुसन्धानले देखाएको प्रहरी स्रोतको दाबी छ।

यहीअनुसारजिल्ला प्रहरीपरिसरकाठमाडौंले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद– १८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। यसरी सन्दिपको ती किशोरीसँग यौन सम्बन्ध कायम भएको मात्रै प्रमाणित भए बलात्कारको अभियोग पुष्टि हुने छ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ व्यवस्थाको उपदफा २ ले १८ वर्षमुनिका बालिकाका हकमा मञ्जुरी लिएरकरणी गरेको भए पनि बलात्कारमानेको छ। जसमा ‘कसैले कुनै महिलालाई निजको मञ्जरी नलिई करणी गरेमा वा मञ्जुरी लिएरभए पनि १८ वर्षभन्दा कम उमेरका कुनै बालिकामाथि करणी गरेमा निजले त्यस्ता महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ’ भनी उल्लेख छ।

यो कसुरपुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने छ। सोही ऐनको दफा २१९ कै उपदफा ३(घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी किशोरी भए १० वर्षदेखि १२ वर्षसम्म’ कैद सजाय हुने उल्लेख छ। यसकारण सन्दिपमाथिको अभियोग पुष्टि भए कम्तीमा १० वर्ष जेल जाँदा उनको क्रिकेट करिअरलगभग समाप्त हुने छ।

नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेशका कोषाध्यक्ष एवं क्रिकेट प्रशिक्षक अनिल अधिकारी पनि यो भनाइसँग सहमत छन्। ‘आरोप पुष्टि भएरजेल बस्नुपरे फर्केरफेरि क्रिकेट खेल्ने विषय निकै कठिन छ’, उनले भने, ‘त्यसले खेलाडीलाई सामाजिक रमानसिक दुवै किसिमले खेलमा फर्कन सक्ने सम्भावना न्यून हुन्छ।’ त्यसमा पनि यो घटनामा १० देखि १२ वर्षसम्मको सजाय रहेकाले पनि सन्दिपका लागि जोखिम रहेको उनले बताए। ‘उनी अहिल्यै २३ को हाराहारीमा छन्। १२ वर्ष बस्दा ३५ पुग्छन्; जुन उमेरआफैंमा रिटायरमेन्टको हो’, उनले भने। यद्यपि सन्दिप निर्दोष साबित भएरक्रिकेटमा निरन्तरअगाडि बढून् भन्ने अधिकारीको चाहना छ। उनी सन्दिपलाई प्रारम्भिक क्रिकेट जीवनमा सघाउनेमध्येका एक हुन्।

फर्किएनन् सन्दिप, इन्टरपोलमा नोटिसको तयारी

नाबालिकामाथि बलात्कारको आरोप लागेपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंसँग पक्राउ पुर्जी माग गरेको थियो। सोहीअनुसारभदौ २३ गते जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी गर्दै गर्दा सन्दिप क्यारिबियन प्रिमियरलिग (सिपिएल) खेल्न वेस्ट–इन्डिजमा थिए। अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले पनि उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो। त्यसपछि उनी सिपिएलबाट पनि बाहिरिएका थिए।

सन्दिपले वेस्ट–इन्डिजमै रहँदा आफू निर्दोष रहेको भन्दै कानुनी उपचारमा जाने प्रतिक्रिया दिएका थिए। योसँगै आफू केही दिनभित्रै नेपाल फर्केरकानुनी लडाइँमा जाने बताएका थिए। त्यसक्रममा उनी प्रहरी रक्यानको सम्पर्कमा रहेको स्रोत बताउँछ। सन्दिप नेपाल फर्केलगत्तै प्रहरीले पक्राउ गरेरथप अनुसन्धान गर्ने तयारी पनि गरेको थियो। तरउनी पछिल्लो साता दिनयता एकाएक सम्पर्कविहीन छन्। न क्यान, न प्रहरी कसैको सम्पर्कमा छैनन्। उनी कहाँ छन् ? कुनै जानकारी नै नरहेको प्रहरी स्रोत बताउँछ।

‘हामीले घटना सन्दर्भसँग जोडिने सबै पक्षलाई समेटेरप्रारम्भिक अनुसन्धान गरिरहेका छौं। सन्दिप भने नेपालमै आइनसकेकाले उनको बयान बाँकी छ’, जिल्ला प्रहरीपरिसरकाठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले भने, ‘हाम्रो सम्पर्कमा पनि आएका छैनन्। कहाँ छन् भनेरआएका भनाइमा खासै सत्यता छैन।

यता पक्राउ पुर्जी जारी भएको ११ दिनसम्म प्रहरीको सम्पर्कमा नआएपछि प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। सन्दिप लामो समय सम्पर्कविहीन भएपछि प्रहरीले इन्टरपोलमार्फत विदेशी प्रहरीको सहायताबाट पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको स्रोतले बतायो। ‘एकदुई दिनमा आउँछु भनेका थिए; अहिलेसम्म आएनन् त्यसकारण उनलाई पक्राउ गर्न इन्टरपोल नोटिसमा जानुपर्ने हुन्छ’, नेपाल प्रहरी स्रोतले भन्यो।

स्रोतका अनुसारकेही दिनअघि उनले नेपाल आउने भनेरटिकट पनि बुकिङ गरिसकेका थिए। तर, उनको टिकट एकाएक रद्द भएको देखिएको स्रोत बताउँछ। पछिल्ला दिनमा उनी दुबईमा रहेको पनि प्रहरी अनुमान थियो, यद्यपि त्यो पुष्टि भने नभएको प्रहरी स्रोतले बतायो।

उता नेपाल प्रहरी प्रधान कार्यालयका निमित्त प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुरकार्कीले घटना अझै त्यतिसम्म विकास भइनसकेको बताए। ‘अभियुक्तसँग बयान लिएरवा नलिएरमुद्दाको अभियोजनमा जान सकिने÷नसकिने भन्ने विषय सम्बन्धित अनुसन्धान अधिकृतमा निहित हुन्छ’, उनले भने, ‘यदि पक्राउ गरेरबयान लिनैपर्ने स्थितिमा लिखित भएरआए इन्टरपोलमा जाने हो। अहिलेसम्म अवस्था यति विकसित भइसकेको छैन।’

एसएसपी कार्कीका अनुसारइन्टरपोलमार्फत पक्राउ गर्दा अपराधको प्रकृति हेरेरहुन्छ; जसमा रातो, नीलो, पहेंलो, कालो रबैजनी रङअनुसारअपराधको वर्गीकरण गरिएको हुन्छ। हत्या, बलात्कारजस्ता जघन्य मुद्दा ‘रातो’ वर्गमा पर्छन्।

यसरी नोटिस गर्दा पनि इन्टरपोलको कार्यविधिअनुसारप्रक्रिया थालनी गर्नुपर्ने प्रावधान हुन्छ; जसमा अदालतको आदेश पनि एक रहेको एसएसपी कार्कीले बताए। उता सन्दिप एकाएक बेपत्ता हुनुले घटनाप्रति झन् संशय बढेको प्रहरी स्रोतले बतायो।

प्रकाशित: ३ आश्विन २०७९ ०१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App