अस्पतालको छतबाट हामफालेर विरामीद्वारा आत्महत्या
विराटनगर स्थित विराटनगर अस्पतालको दुई तला माथिबाट हामफाल्दा आइसियुमा उपचाररत विरामीको मृत्यु भएको छ। सोमबार विहान अस्पतालको आइसीयुमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले अस्पतालको दुईतला माथिबाट हामफल्दा उनको मृत्यु भएको हो।