८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

जग्गा विवादले निम्त्याएको हत्या , एक महिनापछि ४ जना पक्राउ

रौतहटमा एक दलित महिलाको हत्या भएको एक महिनामा हत्या आरोपमा चार जना पक्राउ परेका छन्। रौतहट प्रहरीले गढीमाई नगरपालिका वार्ड नम्बर ३ गम्हरिया पर्साको मुसहरी टोलाकी ३५ वर्षीया मिन्त्रादेवी बैठाको हत्याको अभियोगमा चार जनालाई पक्राउ गरेको हो।  

गत भदौ १४ गते मुसहरी टोल स्थित उखुखेतमा हत्या गरी फालिएको अवस्थतामा फेला परेकी मिन्त्रादेवीको हत्यामा संलग्न रहेको अभियोगमा रौतहट प्रहरीले जमसैद मियाँ, दाउद मियाँ, जहरुदीन मियाँ र महम्मद इसराफुल मियाँलाई पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपि भरत श्रेष्ठले जानकारी दिए।  

पक्राउ परेकाहरुले प्रारम्भिक अनुसन्धानमा घटना स्वीकार गरिसकेका छन्। अनवर हुसैनको योजनामा बैठाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। पक्राउ परेका अभियुक्तहरुलाई अदालतमा पेस गरी सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।  

घरबाट घाँस काट्न गएकी बैठाको गाउँ नजिकै उखुबारीमा लास फेला परेको थियो। गाउँकै जमशैद आलमका बुबा अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा अदालत मार्फत सकार गरी सकल बैठाले जमिन किनेका थिए तर जमसैद आलमले भोगचलन गर्न नदिई विवाद गरी कुटपिटसमेत गरेको तथा आलमले बैठालाई प्रतिवादी बनाइ लिखत बदर मुदा दिएकोमा बैठाकै पक्षमा निर्णय भएको थियो। भोगचलन गर्न नदिई बलजफ्ती बैठालाई जग्गा छाडिदिन पटक पटक धाकधम्की दिने गरेको खुल्न आएको प्रहरीको भनाइ छ। जग्गा फिर्ता नगरेको भन्दै जमसैदकै योजनामा महिलाको हत्या भएको देखिएको प्रहरीको भनाइ छ।

 

प्रकाशित: १३ आश्विन २०७७ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App