७ वैशाख २०८१ शुक्रबार

जुडोमा आर्मी च्याम्पियन

आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्याम्पियन भएको हो। आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ र पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते। टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ।

उसुमा सेनालाई १२ र सशस्त्रलाई ९ स्वर्ण

आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ। विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक जितेको छ।

पुरुष भलिबलमा बलियो आर्मीलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा विहीबार भएको खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो।

एपिएफका गोपीचन्द्र पार्कीलाई ५ हजार मिटर दौडमा स्वर्ण

पोखरा रंगशालाको ट्रयाकमा भएको अन्तिम दिनको खेलमा पार्कीले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।

निमिसलाई सम्झँदै सकियो प्याराग्लाइडिङ

खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गरिएको छ। प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप स्वर्ण पदक दिएको हो। उनका काका भेनस थापाले पदक लिए। थापाको नाममा पोखरा रङ्गशालामा अर्धकदको सालिक बन्नेछ। बीमाको रकम बाहेक मन्त्रिपरिषदबाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजङग गहतराजले जानकारी दिए।

टेनिसमा गण्डकीका प्रदीपलाई तीन स्वर्ण

उनले बिहीबार पोखरा रंगशाला टेनिस कोर्टमा व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै स्वर्णको ह्याट्रिक गरेका हुन्।

त्रिपलजम्पमा शिला र डिल्लीले स्वर्ण जिते

पोखरा रङ्गशालामा आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)की शिलाले महिलातर्फको विधामा स्वर्ण पदक जितेकी हुन्।

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ।

नवौँ राष्ट्रिय खेलकुद: साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ।

राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफलाई

बुधबार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको च्याम्पियन बन्न सफल भएको हो। स्वर्णपदक विजेता एपीएफले पहिलो र दोस्रो सेटमा २५–२१,३०–२८मा खेल खेलेको थियो।

नवौं राष्ट्रिय खेलकुद: महिला भलिवलमा सशस्त्र विजयी

विभागीय टिम सशस्त्र प्रहरी बेनीमा बुधबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलमा विजयी भएको छ। अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै सशस्त्रले उपाधी चुमेको हो। पहिलो सेट २५–१९, दोस्रो सेट ३०–२८ र चौथो सेट २५–१९ को अन्तरले शसस्त्रले जितेको हो।

नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब छ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो।

नवौँ राष्ट्रिय खेलकुद: बुद्धिचालमा त्रिभुवन आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण पदक

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जितेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्