२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पुर्चौडीमा वडा संख्या बढाउन सिफारिस

बैतडीको पुर्चौडी नगरपालिकाले वडाका संख्या बढाउने भएको छ। नगर कार्यपालिकाको पहिलो बैठकले तीनवटा वडा थप्ने निर्णय गरेको हो।

बैतडीमा मिश्रित नतिजा

मतगणना सम्पन्न भएका बैतडीका स्थानीय तहमा मिश्रित नजिता आएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मिश्रित नतिजा आएको हो।

मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसका विष्ट विजयी

बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दले जितेका हुन्।

बैतडीमा कांग्रेस र एमालेको मिश्रित नतिजा

मतगणना सम्पन्न बैतडीका स्थानीय तहमा कांग्रेस र एमालेको मिश्रित नतिजा आएको छ। कांग्रेसले अध्यक्ष जितेका दुई पालिकामा उपाध्यक्ष एमालेले जितेको छ।

बैतडीका ४ मा कांग्रेस २ स्थानीय तहमा एमालेको अग्रता

बैतडीका चार स्थानीय तहमा कांग्रेस र दुई स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ।

बैतडीका ३ मा कांग्रेस ३ स्थानीय तहमा एमालेको अग्रता

बैतडीका तीन स्थानीय तहमा कांग्रेस र तीन स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ।

बैतडीमा १ सय १३ वर्षीया मानमतीले गरिन् मतदान

बैतडीमा एक सय १३ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट सोही ठाउँकी मानमती भट्टले मतदान गरेकी हुन्।

निर्वाचनका लागि बैतडीमा एक हजार बढी कर्मचारी खटाइँदै

स्थानीय तह निर्वाचनका लागि बैतडीमा १ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्। जिल्लाका १ सय २९ मतदानस्थल र २ सय ५ मतदान केन्द्रमा १ हजार १८ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

बैतडीमा प्रमुख पदमा महिला उम्मेदवारी शून्य

बैतडीमा प्रमुखका उम्मेदवारमा महिलाको संख्या शून्य रहेको छ। १० वटा स्थानीय तह भएको जिल्लामा कुनै पार्टीले महिला उम्मेदवारलाई टिकट दिएनन्।

सुरक्षा समन्वय बैठक स्थानीय निर्वाचन केन्द्रित

बैतडी र दार्चुलाको अन्तरजिल्ला समन्वय बैठक मंगलबार सम्पन्न भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक दार्चुलाको बलाँचमा भएको हो।

बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा

डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो।

पत्रकार महासंघको बैतडी अध्यक्षमा खगेन्द्र अवस्थी चयन

जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेस युनियनका खगेन्द्र अवस्थीलाई सर्वसम्मत रूपमा चयन गरिएको छ।

हत्याको आरोपमा महिला पक्राउ

हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन्।

बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा

स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो। प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्