७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

बैतडीमा कांग्रेस र एमालेको मिश्रित नतिजा

मतगणना सम्पन्न बैतडीका स्थानीय तहमा कांग्रेस र एमालेको मिश्रित नतिजा आएको छ। कांग्रेसले अध्यक्ष जितेका दुई पालिकामा उपाध्यक्ष एमालेले जितेको छ।

शिवनाथ गाउँपालिकाका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउँद विजयी भएका छन्। उनले तीन हजार १ सय ६५ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी एमालेका हजारीसिंह साउँद २ हजार ८ सय ४९ मत ल्याए।

यस्तै उपाध्यक्षमा एमालेका सकुन्तला साउँद २ हजार ८ सय १७ मत ल्याइ विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्दी माओवादी केन्द्रका नरेन्द्र साउँदले २ हजार ६ सय ९९ मत ल्याए। यो गाउँपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए।

यस्तै पञ्चेश्वर गाउँपालिकामा एमालेका गोरखबहादुर चन्दले ३ हजार ७ सय ८२ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्दी कांग्रेसका रमेशसिंह भण्डारीले २ हजार ४ सय ८८ मत ल्याए। उपाध्यक्षमा एमालेकी बिना भट्टले तीन हजार ६४ मत ल्याएर विजयी भएकी छिन्।

उनका निकटम प्रतिद्वन्दी एकीकृत समाजवादीका राजेन्द्रबहादुर चन्दले २ हजार ५ सय मत ल्याए। यो गाउँपालिकामा कांग्रेस र समाजवादीले गठबन्धन गरे पनि एमालेका उम्मेदवारले बाजी मारे। विजयी दुवै जना २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि सोही पदमा विजयी भएका थिए।

सिगास गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा एमालेले जितेको छ। अध्यक्षमा नेपाली कांग्रेसका हरिसिंह धामी विजयी भएका छन्। ३ हजार ४ सय ४९ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निकटम् प्रतिद्वन्दी एमालेका जस्वीरसिंह बोहराले १ हजार ८ सय मत पाए।

यस्तै उपाध्यक्षमा एमालेकी धाना धामी २ हजार ९ सय ३९ मत ल्याइ विजयी भएकी छिन्। उनका निकटम प्रतिद्वन्दी कांग्रेसका सुमित्रा ऐरले २ हजार ६ सय ९ मत ६ ल्याएकी छिन्। यो गाउँपालिकामा अध्यक्षमा निर्वाचित धामी यसअघि पनि २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्।

प्रकाशित: २ जेष्ठ २०७९ १२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App