बैतडीमा एक सय १३ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट सोही ठाउँकी मानमती भट्टले मतदान गरेकी हुन्।
मतदान केन्द्रमा आज बिहान उनले पहिलो मत हालेर मतदानको उदघाटन गरेको उनका छोरा समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। आफ्नो गाउँ-ठाउँको विकासको लागि मतदान गरेको उनले बताइन्। बैतडीमा ४ सय ४० जनप्रतिनिधि छनोट गर्न शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
प्रकाशित: ३० वैशाख २०७९ ०५:०७ शुक्रबार