२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ज्यानमारा बन्दै बैतडीका सडक

जिल्लामा अधिकांश दुर्घटना कच्ची सडकमा हुने गरेका छन्। बिना स्टमेट डोजरले खनिएका ज्यानमारा बन्दै गएका छन्।

बैतडीमा दुर्घटना अपडेटः मृतकको सङ्ख्या पाँच पुग्यो

बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो।

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

समाचारको सारांशछदेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

बैतडीमा ४८ हजार बढी घरधुरी सूचीकृत

राष्ट्रिय जनगणनाको लागि बैतडीमा ४८ हजार बढी घरधुरी सूचीकृत भएका छन्। घरपरिवार सूचीकरण कार्यक्रम अन्तर्गत ४८ हजार ८ सय ६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।

बैतडीका १० ठाउँमा यात्रु सहायता कक्ष

जिल्ला प्रहरी कार्यालयले दसैंतिहार बिशेष सुरक्षा योजना बनाएको र सोही अन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरिएका उनले बताए। प्रत्येक यात्रु सहायता कक्षमा प्रहरी परिचालन गरिएका छन्।

स्थानीय तहमा बेरुजुको चाङ

बैतडीका स्थानीय तहमा बेरुजुको चाङ लाग्न थालेको छ। आर्थिक अनियमितता बढन थालेपछि बर्सेनि बेरुजुको चाङ लाग्न थालेको हो। अघिल्लो वर्षको तुलनामा गत वर्ष १० वटै स्थानीय तहमा बढी बेरुजु आएको महालेखा नियन्त्रको प्रतिवेदनमा उल्लेख गरिएको छ।

बैतडीमा नवजात शिशु मृत्युदर बढ्यो

बैतडीमा गत आर्थिक वर्षमा ४८ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ४२ जना नवजात शिशुको मृत्यु भएकोमा गत आर्थिक वर्षमा त्यो संख्या बढेर ४८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

क्षमता भन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए।

बैतडीका सबै विद्यालय खुले

कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो।

पालिका प्रमुखसहित २८ जनप्रतिनिधि नेकपा (एस)मा

नयाँ पार्टी रोज्दै सनाखत गर्नेहरुमा त्रियुगा नगरप्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, जिल्ला समन्वय समिति सदस्य चीनवीर दनुवार, ५ जना वडाध्यक्ष तथा बाँकी कार्यपालिका र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।

मालपोत कार्यालयको राजस्व वृद्धि

मालपोत कार्यालय बैतडीको राजस्व अघिल्लो वर्षको तुलनामा बढेको छ। गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८ सय ३१ रूपैयाँ बढेको कार्यालयले जनाएको छ।

बैतडीको शर्माली गढीमा पदमार्ग निर्माण

बैतडीको शिवनाथ गाउँपालिका २ मा पर्ने ऐतिहासिक शर्माली गढीमा पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ।

बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ११ जना घाइते

जिप चालक १९ वर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ वर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ। जिपमा १६ जना सवार रहेका बताइएको छ। जिप सडकबाट करिब ५० मिटर तल खसेको जनाइएको छ।

बैतडीमा निषेधाज्ञा खुकुलो

पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि असार १५ गते राती १२ बजे सकिदैछ। असार १६ गतेदेखि जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

नगरपालिकाले बढायो एकल पुरुष र टुहुरा बालबालिकाको भत्ता

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुष र टुहुरा बालबालिकालाई दिदै आएको भत्ता बढाएको छ। आगामी आर्थिक वर्षदेखि एकल पुरुष र टुहुरा बालबालिका भत्ता बढाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्