८ वैशाख २०८१ शनिबार
अर्थ

मालपोत कार्यालयको राजस्व वृद्धि

मालपोत कार्यालय बैतडीको राजस्व अघिल्लो वर्षको तुलनामा बढेको छ। गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८ सय ३१ रूपैयाँ बढेको कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयले पुँजीगत लाभकर, प्रशासनिक दण्ड जरिवना, रजिस्ट्रेसन र विविधबाट ८३ लाख ३६ हजार १ सय १० रूपैयाँ राजस्व संकलन गरेको हो। कार्यालयले सबैभन्दा बढी रजिस्ट्रेसन शुल्क ५३ लाख २७ हजार ४ सय १३ रूपैयाँ, पुँजीगत लाभकर १३ लाख ४५ हजार ७ सय ४२ रूपैयाँ, सेवा शुल्क १६ लाख ५५ हजार ४ सय ५ रूपैयाँ पुर्जा बिक्रीबाट १ हजार २ सय ५० र बेरुजु असुलीबाट ६ हजार ३ सय रूपैयाँ संकलन गरेको कार्यालय प्रमुख दिलाराम भट्टले बताए।

प्रकाशित: २९ श्रावण २०७८ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App