२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोनाले बन्द ओपिडी सेवा पुनः सञ्चालन

कोरोना संक्रमणको कारण जिल्ला अस्पताल बैतडीमा बन्द गरिएको ओपिडी सेवा पुनः सञ्चालन भएको छ।

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

बैतडीमा थप १५ दिन निषेधाज्ञा

बैतडीमा १५ दिनको लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि निषेधाज्ञा थपिएको हो।

बैतडी जिप दुर्घटनाः मृतक संख्या ५ पुग्यो

बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

बैतडीमा कोरोना संक्रमित बढ्दै

बैतडीमा कोरोना संक्रमितो संख्या बढ्न थालेको छ। कोरोना संक्रमितको संख्या १ सय २१ जना पुगेको छ। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शैक्षिक संस्था धमाधम बन्द हुन थालेका छन्। भने तोकिएका परीक्षसमेत स्थगित गरिएका छन्।

गाउँपालिकाको केन्द्रमा सडक पुग्यो

बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ। गाउँपालिकाको लामो प्रयासपछि केन्द्रमा सडक पुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। सिगास गाउँपालिकाको ढुंगाड हुँदै गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको हो।

बैतडीको मेलौलीका विद्यालय बन्द

शनिबार वडा नम्बर ७ तोल्या गाउँमा एक जनालाई कोरोना देखिएपछि वैशाख १४ गतेसम्मका लागि नगरपालिकाका भित्रका सबै विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले आइसोलेसन सेन्टर बनाउँदै

बैतडीको दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको छ। विरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

बैतडीमा संस्थागत सुत्केरी बढ्दै

बैतडीमा स्वास्थ्य संस्थामै प्रसूति हुनेको संख्या बढ्दै गएको छ। चेतना र स्वास्थ्य सेवाको पहुँचको कारण संस्थागत सुत्केरी बढ्दै गएको हो। स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ९ सय ८ जना, २०७६/०७७ मा १ हजार १ सय १४ र चालु आर्थिक वर्षको अहिलेसम्म २ हजार ३ सय ४५ जना सुरक्षित रूपले स्वास्थ्य संस्थामै सुत्केरी भएका छन्।

लोप हुँदै चैतलो

बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो ।

बैतडीका वडा कार्यालयमा सचिव नहुँदा कामकाज प्रभावित (अपडेट)

बैतडी जिल्लाका धेरै गडा कार्यालयमा वडासचिव नहुँदा कामकाजमा समस्या आउने गरेको छ । सचिव नहुँदा सेवा ग्राहीलाई समस्या हुन थालेको छ । जिल्लाका ८४ मध्ये ३० वडामा सचिव छैनन । वडामा दरबन्दीअनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् । सचिव नभएका वडाहरुमा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलापती भट्टले बताए । पाटन नगरपालिकाका १० वटै वडामा दरबन्दीअनुसारका सचिव नभएका कारण प्राविधिक सहायकहरुले नै सचिवको काम गर्दै आएका छन् ।

बैतडीमा २२ करोड लागतका १ सय ४१ वटा खानेपानी योजना

स्थानीयलाई स्वच्छ सफा पानी उपलब्ध गराउन बैतडीका १० स्थानीय तहमा चालू आर्थिक वर्ष २०७७/०७८ मा २२ करोड रुपैयाँ भन्दा बढीको लागतमा १ सय ४१ वटा खानेपानी योजना निर्माण सुरु भएका छन् ।

हुन नसकेको निर्वाचनका लागि पाँच लाख खर्च

हुन नसकेको चुनावका तयारीमा निर्वाचन कार्यालय बैतडीले करिब ५ लाख रुपैयाँ खर्च गरेको छ ।

भारतसँग जोडिएका नाका सञ्चालनमा नआउँदा समस्या

शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द अवस्थामा छन्। घाट बन्द हुँदा भारत जानका लागि दुई दिन लगाएर झुलाघाट नाका भएर जानुपर्ने अवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्