२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बैतडीमा २२ करोड लागतका १ सय ४१ वटा खानेपानी योजना

स्थानीयलाई स्वच्छ सफा पानी उपलब्ध गराउन बैतडीका १० स्थानीय तहमा चालू आर्थिक वर्ष २०७७/०७८ मा २२ करोड रुपैयाँ भन्दा बढीको लागतमा १ सय ४१ वटा खानेपानी योजना निर्माण सुरु भएका  छन् । संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारले खानेपानीका लागि बजेट बिनियोजित गरेपछि  जिल्लामा एउटै आर्थिक वर्षमा यि खानेपानी आयोजना सुरु गरिएको हो ।

दशरथचन्द नगरपालिकामा संघीय सरकारका चार वटा योजना र सुदूरपश्चिम प्रदेश सरकारका २१ योजना गरि २५ वटा खानेपानीका योजना निर्माणको चरणमा रहेका छन् । मेलौली नगरपालिकामा संघीय सरकारका तीन योजना र प्रदेश सरकारका सात वटा योजना निर्माणका क्रममा छन् । पाटन नगरपालिकामा संघका १०  योजना र प्रदेशका ९ योजना छन् ।

यस्तै पुर्चाैडी नगरपालिकामा संघको एक र प्रदेश सरकारका ६ वटा योजना निर्माण भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

सुर्नया गाउँपालिकामा संघका पाँच वटा योजना र प्रदेशका आठ वटा योजना योजना निर्माण भइरहेका छन् । सिगास गाउँपालिकामा संघका सात प्रदेशका १४ योजना गरि २१ वटा खानेपानीका योजना निर्माण भइरहेका छन् ।

यसै गरी शिवनाथ गाउँपालिकामा संघका एक र प्रदेश सरकारका  तीन वटा योजना निर्माणको क्रममा छन् । पञ्चेश्वर गाउँपालिकामा संघका एक र प्रदेशका ४ वटा खानेपानीका योजना निर्माण भईरहेको  खानेपानी तथा सरसफइ डिभिजन कार्यालय बैतडीका प्रमुख बहादुरसिंह बोगटीले जानकारी दिए ।

दोगडाकेदार गाउँपालिकामा संघीय सरकारका सात वटा योजना र प्रदेशका  १४ वटा योजना गरि २१ वटा खानेपानीका योजना निर्माणको भइरहेका छन् । डिलासैनी गाउँपालिकामा संघका आठ योजना र प्रदेशका  आठ  वटा खानेपानी योजना रहेका छन् ।  

प्रकाशित: २८ फाल्गुन २०७७ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App