१ मंसिर २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय राजनीतिमा पुनः उदाउलान् ओली?

बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै शीर्ष नेतृत्वमा निर्वाचित भएका थिए।

राप्रपा एकता महाधिवेशनः एक्लिए अध्यक्ष कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन भोलिबाट काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म हुने महाधिवेशनमा करिब ४५ सय प्रतिनिधिले नयाँ नेतृत्वको छनोट गर्ने छन्।

एमाले महाधिवेशन: १ बजेपछि मतगणना सुरु, २ घण्टामा परिणाम

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिए।

फेरि सर्‍यो कांग्रेस महाधिवेशन कार्यतालिका

संशोधित तालिका अनुसार मंसिर १६ गते सातै प्रदेशको अधिवेशनको उद्घाटन गर्ने नेताहरूबीच समझदारी बनेको छ। १७ गते प्रदेश सभापतिसहित पदाधिकारी र कार्यसमितिको मनोनयन दर्ता गर्ने र १८ गते निर्वाचन गर्नेगरी कार्यतालिका परिवर्तन गरिएको छ। यसअघि कांग्रेसले मंसिर १६ र १७ गतेका लागि प्रदेश अधिवेशनको मिति तय गरेको थियो।

ओलीको सूचीमा छुटेका प्रभावशाली नेता

निर्वाचन हुने अपेक्षाका साथ दसौं महाधिवेशनमा चितवन आइपुगेपछि एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेका थिए।

ओलीको अर्को इनिङ

दुईपटक प्रधानमन्त्री भइसकेका ओलीले दसौं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्न ठूलो कसरत गरेका थिए। तर नेता भीम रावलले उम्मेदवारी दिनेघोषणा गरेपछि अध्यक्ष पदका लागि मतदानमा जानुपरेको हो।

कांग्रेसको जिल्ला निर्वाचन स्थगित हुँदा कार्यकर्ता अन्याेल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन स्थगित भएपछि नेता, कार्यकर्तामा अन्याेलता छाएको छ।

एमाले महाधिवेशनः ३०१ पदमा ३३३ को उम्मेदवारी

चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ। एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।

जेठो पार्टीकी कान्छी महाधिवेशन प्रतिनिधि

१९ वर्षको उमेर। यो उमेर अध्ययनमा केन्द्रित हुने र व्यवहारिक ज्ञान आर्जन गर्ने समय हो। तर सानैमा गह्रुंगो जिम्मेवारी पाएकी छिन् उनले। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला लगायत हजुरबुबा उमेरका नेताहरुलाई नेतृत्व छान्ने कार्यभार कलिलैमा उनको काँधमा आएको छ।

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्षसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित

उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ। वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन्।

एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र डा.भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। उनिहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।

एमालेमा पदाधिकारी घोषणाः ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष

बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं,वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए।

एमाले महाधिवेशनः प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश

नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका छन्।

एमाले महाधिवेशनः बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया

केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो।

रावल र भुसालद्वारा ओली प्रस्ताव अस्वीकारः सहमति नजुटे मतदान

उपाध्यक्षमा प्रस्तावित भीम रावल र उपमहासचिवमा प्रस्तावित घनश्याम भुसालले चुनाव माग गरिरहेपछि अध्यक्षलगायतका केही पदमा निर्वाचन हुने भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्