२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भारतमा यस्तो छ परराष्ट्रमन्त्री ज्ञवालीको कार्यक्रम

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्।

‘ओली नांगो राजा, बालुवा पेलेर तेल आउँदैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘नांगो राजा’ भएको टिप्पणी गरेका छन् । शरीरमा लुगा नलगाएको राजालाई सबैले आहा ! कति राम्रो लुगा लगाएको भन्ने तर राजाले आफू नांगो भएको महसुसै नगर्ने र नांगो कसैले पनि भन्न नसक्ने प्रसंग सुनाउँदै नेपालले ओली पनि नांगो राजा भएको टिप्पणी गरे । काठमाडौंमा दाहाल–नेपाल समूहले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीको पार्टी सडकको धुलो छाप पार्टी हुनेछ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरेका छन्।

आयोगलाई ओलीको जवाफ : पार्टी विभाजन भएको छैन, प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायमै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको बताएका छन्।

अर्बौं लगानीको नेपाली चिया विश्व बजारमा

इलामे चियाको सौन्दर्य देख्दा जति आकर्षक छ, पछिल्लो समय यसबाट हुने आम्दानी पनि बढ्दो छ । नेपाली व्यवसायीले गरेको अर्बौं लगानीको प्रतिफल स्वरुप अहिले चिया विश्वका थुप्रै मुलुकमा पुगेको छ । यसबाट अवसर र सम्भावना पनि उसैगरी झाँगिँदैछन् । हरियो चियाको गुणस्तर बढाउन किसान लागि परेका छन् भने उद्योगी लगानी थपेर पूर्वाधार तयार गर्न ।

कांग्रेस सभापति देउवा पर्वत आउँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माघ पहिलो साता पर्वत आउने भएका छन्। उनी शहिद हरिदत्त स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्वोधन गर्न पर्वत आउन लागेको कांग्रेस महासमिति सदस्य गंगाधर तिवारीले जानकारी दिए।

दाहाल-नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित ८ सांसद निलम्बित

दाहाल-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ। मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीनजना सांसदहरूलाई तीन महिनाका लागि निलम्बन गरिएको हो।

नयाँ राजनीतिक मोड

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा धेरै कुरा बुझ्न सकिएको थिएन । तर, नेपाल कम्युनिस्ट पार्टीको झगडा सुरु भएदेखि उनी को हुन् कस्ता हुन् भनेर धेरै सुन्न र बुझ्न पाइयो । उनको हातमा आजको दिनमा जुन सत्ता छ त्यसबाट सबभन्दा धेरै उनकै साथीहरू तर्सिएका रहेछन् । त्यो सत्ताले के के गर्न सक्दोरहेछ भनेर अनेक चेवाचर्चा गरेको उनका पुराना साथीभाइबाट सुनिन्छ ।

दाहाल–नेपाल समूह एकता मापदण्ड तयार

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साबिक एमालेले नेतृत्व गरेको र साबिक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्तिलाई यथावत् राख्ने गरी मापदण्ड तय गरेको छ।

निर्वाचन तयारी रोक्न आयोगद्वारा अस्वीकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले निर्वाचन तयारी रोक्न गरेको प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै परेको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेका बेला निर्वाचन तयारी रोक्नुपर्ने प्रस्ताव दाहाल–नेपाल समूहले राखेपछि आयोगले अस्वीकार गरेको हो।

ओली गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट विचलित भए : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट प्रधानमन्त्री ओली विचलित भएको आरोप लगाएका छन्।

सेनाको मुख्यालयमा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पारेर नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरिएको छ।

प्रचण्ड र नेपाल निर्वाचन आयोग जाँदै, चुनावको तयारी नगर्न आग्रह गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आज निर्वाचन आयोग जाँदैछन्।

संसद विघटनबारे एउटै मञ्चबाट देउवा र पौडेलका फरक भनाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन्।

विद्यार्थीको बयलगाडा प्रदर्शनमा प्रहरी हस्तक्षेप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुको बयलगाडा प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंको माइतिघर मण्डलामा बयलगाडा ल्याएर आएका विद्यार्थी र प्रहरीबीच केहीबेर झडप भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्