२३ आश्विन २०८१ बुधबार
image/svg+xml

तालमेलबारे मतान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने अधिकार तल्ला एकाइहरूलाई दिनुपर्ने बताएका छन्। शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले चुनावी तालमेलमात्र जित्ने आधार नभएको भन्दै पार्टीको शक्तिलाई संगठित गर्नुपर्नेमा जोड दिएका हुन्।

ओली ज्ञानेन्द्र निवासमा सुटुक्क जान्छन्ः माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्।

भारतसँग ३८ रुपैयाँ प्रतियुनिट बिजुली किन्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले भारतसँग ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किन्न लागेको बताएको छ।

प्रधानमन्त्रीको भारत भ्रमण 'मैत्रीपूर्ण'

प्रधानमन्त्री शेरबहादुर देउवा चैत महिनाभित्र भारतको मैत्रीपूर्ण भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीको यो भ्रमण मैत्रीपूर्ण हुने स्रोतले जनाएको छ।

उद्योगमा लोडसेडिङ नगर्न अर्थमन्त्रीको निर्देशन

व्यवसायीले उद्योग, कलकारखानामा मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेका छन्।

ओली–नेपाल भनावैरी ठाकुर–यादव शान्त

एमालेबाट अलग भएर अलगै पार्टी बनाएका माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाबैरी र आरोपप्रत्यारोप भइरहेको छ भने जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएका महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव भने शान्त देखिएका छन्। एमालेबाट नेपाल र जसपाबाट ठाकुर एकैदिन अलग भएका थिए।

ओलीका अपराधलाई जनतासमक्ष लैजान्छु: नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताएका छन्।

डिजिटल बैंकिङमा सेवाग्राही विश्वस्त हुनै बाँकी

नेपाल राष्ट्र बैंकले नोटको प्रयोगलाई निरुत्साहित गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहित गरिरहेको छ। स्मार्टफोनको प्रयोग, इन्टरनेटको पहुँच वृद्धिले सहरदेखि ग्रामीण समुदायसम्म डिजिटल प्रविधिको प्रयोग गरेर बैंकिङ सेवा लिने क्रम बढेको छ।

ढिला भयो उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन्।

चिनियाँ विदेशमन्त्रीको भ्रमणः समृद्धि यात्रामा भरपर्दो साझेदारी

चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही चैत ११ देखि १३ गतेसम्म हुने औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा मात्र गरिएको छैन।

स्थानीय तह निर्वाचनः यी हुन् इलाममा चुनाव चिह्न पाउने दल

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि इलाममा १८ दलले चुनाव चिह्न पाउने सम्भावना देखिएको छ। यद्यपि, निर्वाचन आयोगले राजनीतिक दल र जिल्ला निर्वाचन कार्यालयले पठाएको विवरण ‘अध्ययन’ गरिरहेकाले यो संख्या केही तलमाथि हुनसक्ने छ।

लगानी बोर्ड र युएनडिपीबीच सहकार्यको समझदारी

लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच सहकार्य गर्ने समझदारी भएको छ।

सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौँः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन्।

नेपालको फराकिलो जित

ओपनर कुशल भुर्तेल र आरिफ शेखको अर्धशतकीय प्रेरणामा नेपालले पपुवा न्युगिनी (पिएनजी) सँगको एकदिवसीय क्रिकेटमा मंगलबार सात विकेटको फराकिलो जित निकाल्दै त्रिकोणात्मक शृंखलामा सुखद अन्त्य गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्