५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

भारतसँग ३८ रुपैयाँ प्रतियुनिट बिजुली किन्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले भारतसँग ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किन्न लागेको बताएको छ। बिहीबार पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग उक्त मूल्यमा विजुली खरिद गर्न लागेको जानकारी दिए।

आज बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको घिसिङले बताए। प्राधिकरणले प्रति युनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाइ छ।

घिसिङले विश्वभर नै विद्युत अभावको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको हुँदा छोटो समय मात्रै नेपालमा प्रभाव देखिने बताए। भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा ४०० मेगावाटसम्म बिजुली आयात गरेर उद्योगहरुमा विद्युत दिने तयारीमा प्राधिकरणले गरेको घिसिङले जानकारी दिए।

कार्यकारी निर्देशक घिसिङले महँगोमा विद्युत आयात गरे पनि उद्योगहरुलाई विद्युतको मूल्य नबढाउने बताएका छन्। उनले विद्युत प्राधिकरण उद्योगप्रति उत्तरदायी भएर प्राधिकरण घाटामा गए पनि महँगोमा विद्युत किनेर उद्योलाई दिन लागिएको दाबी गरे। भारतबाट ल्याउने बिजुलीको मूल्य प्रतियुनिट ३८ रुपैयाँ पर्ने भएको छ। पछिल्लो समय प्राधिकरणले औसत ११.३३ पैसा भारु (१८ रुपैयाँ) मा बिजुली किन्दै आएको थियो।

निर्देशक घिसिङले रुस र युक्रेन बीचको तनावको कारण विश्वभर विद्युत आयातमा समस्या बढ्दै गएको बताए। उनले नेपालमा ८ महिना विद्युत आयात गर्नु नपर्ने अवस्था रहेपनि ४ देखि ५ महिनाको लागि करिब ४ सय मेगावट विद्युत आयात गर्नुपरेको बताए। अहिलेको यो अवधि विद्युत उत्पादन कम हुने र माग बढ्ने भएकाले पनि विद्युत व्यवस्थापनमा समस्या देखिएको घिसिङले बताए।

'अहिलेको विद्युत अभाव नेपालको मात्रै होइन विश्वमा नै रहेको छ। विश्वमा नै विद्युत अभाव किन भयो भने भारतमा ७० प्रतिशत पोलवेस जेनेरेसन हो। नेपालले आयात गर्ने भनेको भारतले आयात गरेको कोलबाट मात्रै नेपालले आयात गर्न पाइन्छ भनेर भारतको नीतिमा रहेको छ। भारतमा इन्पोटेट कोलको धेरै ठूलो सटेज भयो। अहिले अन्तर्राष्ट्रिय रुपमा रुस र युक्रेनबीचको तनाव देखि अन्य धेरै समस्या परेको हुनाले सबै मेटियलमा र कोलमा समस्या छु,' निर्देशक घिसिङले भने।

प्रकाशित: १० चैत्र २०७८ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App