४ वैशाख २०८१ मंगलबार
राजनीति

सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौँः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन्।

समाजवादी प्रेस सङ्गठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा हिजाे अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गरे।

उनका अनुसार शक्तिको उचित मूल्याङ्कन गर्दै चुनावी गठबन्धन र तालमेलका क्रममा अरु पार्टीको सहरामा नभई आफ्नै शक्तिको सहरामा चुनावमा उठ्न अहिले पार्टी कमिटी निर्माणलाई तीव्र बनाइएको छ।

'यो गठबन्धन छ महिना टिक्दैन भन्नेलाई आफ्नो पार्टी चुनावी गठबन्धनमा जान तयार छौँ', उनले भने, 'चुनावी गठबन्धनको नाममा अरुको सहारामा होइन, आफ्नो सहारामा चुनावमा उठ्नका लागि, आफ्नो शक्तिमा चुनावमा उठ्नका लागि, पार्टी कमिटी निर्माण गर्ने काममा जुटेका छाैँ। शक्तिको उचित मूल्याङ्कन गर्दै वस्तुवादी भएर संयमता अपनाएर ‘अरुलाई पनि हामी, हामीलाई पनि अरु’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेका छौँ।'

जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अमेरिकी अनुदानको कार्यक्रम ‘एमसिसी’ संसद्बाट अनुमोदन गर्न आफ्नो पार्टीसहितको सत्तारूढ वाम पार्टीले जस्ताको तस्तै पास हुनबाट रोक्न सफल भएको बताए।

प्रकाशित: ९ चैत्र २०७८ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App