६ आश्विन २०८१ आइतबार
image/svg+xml

अपरिपक्व निर्णयको अलमल

यस पटकको नियुक्ति प्रकरणले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई विवादमा ल्याएको छ। यो कुनै अर्थमा उचित होइन। उनी विवादमा आउनु भनेको स्वतन्त्र न्यायालयको छविमै आँच आउनु हो। यो विषय यत्तिकै उठेको होइन। हावा नचली पात हल्लिँदैन। अतः यस विषयमा छानबिन हुनुपर्छ।

तत्काल निर्वाचनमा जानुपर्छ: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताएका छन्।

‘राजनीतिक योगदानले मन्त्री भएको हुँ’

बाँकेका गजेन्द्रबहादुर हमाल नेपाली कांग्रेसका पुराना नेता हुन्। २०२५ सालबाट कांग्रेसमा आबद्ध हमाल नेविसंघको जिल्ला अध्यक्ष हुँदै नेपाली कांग्रेस बाँकेको जिल्ला सभापतिसमेत भएर काम गरिसकेका छन्। करिब ४५ वर्ष कांग्रेसको सक्रिय राजनीति गरेका हमाल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री भएको आरोप छ। हमाल प्रधानन्यायाधीश जबराका जेठान पर्ने भएकाले उनकै कोटाबाट मन्त्री बनेको चर्चा छ। उनै उद्योगमन्त्री गजेन्द्रबहादुर हमालसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीः

संसद्मा पारितका क्रममा रहेको विधेयक फिर्ता

समितिमा बहुमत सदस्यबाट पारित भएको यो विधेयकमा कांग्रेसका केही सांसदको असन्तुष्टि थियो। कांग्रेस सांसदले विधेयक प्रतिवेदनमा फरक मत नै राखेका थिए। तत्कालिन प्रमुख प्रतिपक्षी कांग्रेसले समायोजनमा गएका कर्मचारीलाई संघमा फर्किने कुनै न कुनै बाटो खोल्नुपर्ने, आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने व्यवस्थालाई कायम राख्नुपर्ने, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था प्रस्तावित विधेयक अनुसार नै हुनुपर्ने माग गरेको थियो ।

मन्त्रिपरिषद् विस्तारः कांग्रेसमै जुटेन सहमति

गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रसहितका दलले सरकारमा थपिने मन्त्रीको नाम तय गरेका छन्। तर सरकारको नेतृत्व गर्दै आएको कांग्रेस मन्त्रीको नाम टुंगो लगाउन असफल भएको छ।

भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन काँग्रेस नेताहरु भारत भ्रमण जाँदै

पूर्व परराष्ट्रमन्त्री समेत रहेका काँग्रेस सहमहामन्त्री महतले दुई पार्टीबीचको छलफलले दुई मुलुकको बीचको नेतृत्व र जनता–जनताबीचको सम्बन्धलाई पनि बलियो बनाउने विश्वास व्यक्त गरे।

मन्त्रीको टुंगो लगाउन कांग्रेस शीर्ष नेताको बैठक सुरु

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुनेहरुको नाम समेत देउवालाई बुझाएका छन्।

कांग्रेस नेता सिंहको प्रश्न : ‘अहिलेसम्म काठमाडौँबाट को पार्टी सभापति भएको छ ?’

उनले नेता पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको धारणा व्यक्त गर्दै नेताहरुले कार्यकर्ताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे

पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्छ: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएका छन्।

महाधिवेशनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ: डा.महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको १४औँ महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताएका छन्।

एमाले नाराबाजी मात्र गर्छ, जवाफ सुन्न चाहँदैन : बडु

संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उनको भनाइ छ।

मन्त्रिपरिषद् पूर्ण बनाउन प्रधानमन्त्री देउवालाई दबाब

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्काल सक्रियता देखाउनुपर्ने भन्दै उपसभापति निधिले यसले गठबन्धन र कांग्रेसलाई मात्र होइन, सिंगो मुलुकलाई नोक्सान हुने बताए।

चुनावको झल्को दिने काँग्रेस महाधिवेशन

‘स्थानीय र आम चुनावमा काँग्रेस यसैगरी कसिएको भए नम्बर एक पार्टी बन्ने थियो। बाहिर नरमरुपमा प्रस्तुत हुन्छ, भित्र कडा प्रतिश्पर्धा गर्छ यही भएर काँग्रेस प्रति जनविश्वास घट्दो छ।’ निर्वाचनमा दुवै क्षेत्रमा पौडेल पक्षको नेतृत्व प्यानलसहित बिजयी बन्यो। देउवा पक्षले नराम्ररी हार बेहोर्‍याे। देउवा पक्ष बिजेता प्रतिनिधिको प्रमाणपत्र वितरण कार्यक्रममा समेत सहभागि भएन। यसले काँग्रेस भित्र ठूलो खाडल सिर्जना भएको संकेत गर्छ।

काँग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य

आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित भएका हुन्।

डेमोक्रेटिक काँग्रेसमा अनडेमोक्रेटिक गतिविधि हुन थाले: सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले डेमोक्रेटिक पार्टी नेपाली काँग्रेसमा अनडेमोक्रेटिक गतिविधि हुन थालेको बताएका छन्। सोमवार नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाइ दिँदै उनले यस्ताे बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्