१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डेमोक्रेटिक काँग्रेसमा अनडेमोक्रेटिक गतिविधि हुन थाले: सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले डेमोक्रेटिक पार्टी नेपाली काँग्रेसमा अनडेमोक्रेटिक गतिविधि हुन थालेको बताएका छन्। सोमवार नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाइ दिँदै उनले यस्ताे बताएका हुन्।

उनले महाधिवेशनको प्रक्रिया सुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताएका हुन्।

उनले अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आश राखेको पनि बताए। नेता सिंहले पार्टीका केही व्यक्तिहरु पार्टी भित्र भएका अन डेमोक्रेटिक कुराहरुको बिरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताए।

नेता सिंहले केही नेताहरुले पदमा पुगेकाहरुको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको गुनासो गरे। उनले १३औँ महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरुलाई १४ औँ महाधिवेशनपछि सुधार गर्ने प्रतिवद्धता जनाए।  

प्रकाशित: १८ आश्विन २०७८ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App