७ आश्विन २०८१ सोमबार
image/svg+xml

काभ्रे कांग्रेसको संगठन विस्तारमा हप्ते अभियान

फागुन १ देखि ७ गतेसम्म संगठन विस्तार अभियान सञ्चालन गरिने पार्टीले हालै निर्णय गरेको हो।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

कांग्रेस पदाधिकारीबीच बिहीबारको कार्यसम्पादन बैठकबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो।

कांग्रेस पदाधिकारीबीच आन्तरिक छलफल हुँदै

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा बाहेकका पदाधिकारीबीच छलफल भएको थियो।

स्थानीय सरकार छनोटमा सावधानी

गठबन्धन सहयोगी नेताहरूको भूमिकाबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई सजिलो भएको छैन। यो स्थितिमा उनले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरेर लोकतन्त्रको साख बचाएका छन्।

कांग्रेसका भ्रातृ संगठन निष्क्रियः महाधिवेशन अनिश्चित

सभापति शेरबहादुर देउवाबाहेक अरु पदाधिकारी मंगलबार केन्द्रीय कार्यालय सानेपामा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई कसरी क्रियाशील बनाउने भन्ने विषयमा छलफलमा जुटे। उनीहरूले बुधबार सभापति देउवासहित फेरि छलफलमा बस्ने तयारी गरेका छन्।

एमसिसीको पत्रसँगै दोहोरो चरित्र प्रकट

देउवा र दाहालले लेखेको पत्रका आधारमा यही फागुन १६ अर्थात् फेब्रुअरी २८ भित्र नेपालले एमसिसीबारे निर्णय गर्नुपर्ने आग्रहसहितको जवाफ पनि एमसिसी मुख्यालयबाट प्राप्त भइसकेको छ। एमसिसी मुख्यालयले यही माघ २० (फेब्रुअरी ३) मा पठाएको पत्रमा नेताद्वयले माग गरेअनुसार समय दिइएको मात्र छैन, नेपालले निर्णय नगर्ने हो भने यो सम्झौताबाट अलग हुने प्रस्ट सन्देशसमेत छ।

नेतृत्वलाई पौडेलको प्रश्नः एक्लै चुनाव लड्ने आँट छ?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वर्तमान गठबन्धनविरुद्ध बोल्ने नेताहरुमाथि जाई लागेका छन्। पौडेलले वर्तमान पाँचदलीय गठबन्धन तोडेर आगामी तीन तहको चुनाव एक्लै लड्छु भन्ने नेताहरुमाथि जाई लागेका हुन्।

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए।

प्रधानमन्त्री देउवाका छ महिना

पाँचौँपटक प्रधानमन्त्री भएका देउवाको कार्यशैली र कार्यसम्पादनको स्तर उन्नत र परिपक्व भएको पाइएन। गत साउन २४ मा सत्ता गठबन्धनका ५ दलको तर्फबाट घोषणा गरिएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको इमानदारीपूर्ण कार्यान्वयनमा प्रधानमन्त्रीको सम्वोधनले इच्छाशक्तिको अभाव, उदासीनता र अनुत्तरदायित्वको मानोवृत्ति प्रतिविम्बित गर्‍यो।

अगाडि बढ्नुपर्छ एमसिसी

कुसूचनाका आधारमा कार्यकर्ता र सर्वसाधारणलाई उचाल्नुभन्दा जिम्मेवारीपूर्वक विषयको अवतरण अहिलेको आवश्यकता हो। त्यसका निम्ति दाहाल र नेपालले आफूलाई प्रष्ट पार्नु उचित हुन्छ।

कर्णाली प्रदेशमा गैरसांसद मन्त्री बनाउने तयारी

सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो माओवादी केन्द्रले चार मन्त्रालयमा दाबी गर्दै आएको छ। समाजवादीले वैशाख २ गतेको सहमतिअनुसार आफूले तीनवटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ। सत्ताको नेतृत्व गरिरहेको कांग्रे माओवादीलाई तीन र समाजवादीलाई दुई मन्त्रालय दिएर बाँकी रहने दुई मन्त्रालय आफू राख्न चाहन्छ।

कांग्रेसले बनायो कार्यसम्पादन समिति

केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समिति गठनका लागि नाम प्रस्ताव गरेका थिए।

सभापति देउवाविरुद्ध संघर्ष गर्ने नेता कोइरालाको चेतावनी

‘पार्टी सभापति शेरबहादुर देउवा विधि र विधान अनुसार अघि बढेमा सहकार्य हुनेछ, त्यसो नभएको खण्डमा संघर्ष हुनेछ,’ सोमबार मोरङ सुन्दरहरैँचाको दुलारीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने।

काँग्रेस धनुषामा सन्तोष यादव संस्थापनका सभापतिका उम्मेदवार

उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्नु परेको पनि बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्