६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस पदाधिकारीबीच आन्तरिक छलफल हुँदै

नेपाली कांग्रेसका पदाधिकारीबीच आज आन्तरिक छलफल हुँदैछ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा हुन लागेको बैठकमा बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कायसूचीबारे छलफल हुने बताइएको छ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा बाहेकका पदाधिकारीबीच छलफल भएको थियो। केन्द्रीय कार्यसम्पादन समितिको बैठकको तयारी सम्बन्धमा सभापतिको उपस्थितिमा पदाधिकारीबीच आज छलफल हुन लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

कार्यसम्पादन बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूचि तय भएको जानकारी पनि उनले बताए।

कांग्रेसमा हाल सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक प्रवक्ता पदाधिकारी छन्।

प्रकाशित: २६ माघ २०७८ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App