१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विशिष्टको निवासमा साङ्ला मार्नमै ५ लाख खर्च

सरकारले अति विशिष्टहरूको निवासमा ‘फंगि ट्रिटमेण्ट’ (साङ्ला, फट्याङ्ग्रा, धमिरा लगायतका किरा) व्यवस्थापन गर्ने नाममा मात्र हरेक वर्ष ५ लाख भन्दा बढी खर्च गर्दै आएको पाइएको छ।

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालसँग सार्क महासचिवको भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन्।

राष्ट्रपति पौडेल नागरिकता विधेयकबारे छलफल गर्दै

पूर्वराष्ट्रपतिका पालामा दुवै संसदबाट पास भएर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर आज राष्ट्रपति रामचन्द्र पौडेल कानुनविदहरुसंग छलफल गर्दैछन् ।

कामपा मेयर बालेन साहबिरुद्धको रिटमा आज सुनुवाई

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकोमा आज सुनुवाई हुँदैछ।

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ।

बाँडफाँटबारे अन्तिम टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास हुने बताइएको छ।

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।

लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छः प्रधानमन्त्री

'राष्ट्रपुकार साप्ताहिकले पञ्चायतकालमा लोकतान्त्रिक गतिविधि, लोकतन्त्रवादीमाथि भएको अन्याय बाहिर ल्याएर प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग गरेको थियो, त्यो पत्रिकाको प्रकाशन र सम्पादनको काम दाहालले गर्नुभएको थियो, उहाँले त्यसबेला नडराइकन चलाएको कलमले प्रजातन्त्र पुनःस्थापनाका लागि भूमिका खेलेको छ, काठमाडौँ नगरपालिकाका तत्कालीन प्रमुख चित्रकारले हामीजस्ता युवालाई राजनीतिक संस्कार सिकाउनुभएको थियो, समाजमा लोकतान्त्रिक मूल्यमान्यताका बारेमा जागरण फैल्याउनुभएको थियो,'

सत्तारुढ गठबन्धनले हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने

माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गरेको बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने।

सिट बाँडफाँट मापदण्ड तय गर्दै गठबन्धन

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जितेका क्षेत्रमा आगामी निर्वाचनमा पनि उसैलाई छाड्ने प्रस्ताव राखिएको छ। एमालेले जितेका क्षेत्रमा मात्र बाँडफाँट गरेर जानुपर्ने विकल्प अघि सारिएको छ। गठबन्धनमा आबद्ध दलहरूले २०७४ सालको निर्वाचनमा पाएको कुल सिटको प्रतिशतका आधारमा आगामी चुनावमा सिट बाँडफाँट गर्नुपर्ने विकल्प पनि कार्यदलभित्र आएको छ।

भागबन्डाको आधार कोर्दै गठबन्धन

वीरगन्ज र भरतपुर महानगरपालिका जसपा र माओवादीलाई दिनेमा प्रमुख दलहरूबीच करिबकरिब सहमति जुटेको दाबी गर्दै बैठकमा सहभागी एक नेताले पोखरा महानगरपालिकाचाहिँ के गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको बताए।

गठबन्धन बैठकः महानगर र उपमहानगरको सिट बाँडफाँडमा केन्द्रित

सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ।

कांग्रेस पदाधिकारीबीच बिहीबारको कार्यसम्पादन बैठकबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्