७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस धनुषामा सन्तोष यादव संस्थापनका सभापतिका उम्मेदवार

नेपाली काँग्रेस संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ। नेपाली काँग्रेस धनुषामा जिल्ला अधिवेशन हुँदैछ। सोही अधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाबाट यादवलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरिएको केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए।

उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्नु परेको पनि बताए। यादव सबैभन्दा योग्य व्यक्ति रहेको कारणले सबैसँग छलफल गरेर उम्मेदवार बनाउने निर्णय लिएको नेता रिजालको भनाइ छ।

भेलामा बोल्दै काग्रेस नेता आनन्द ढुंगानाले अहिले पनि लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने दायित्व नेपाली काँग्रेसको काँधमा रहेको  बताए। उनले नेपाली काँग्रेसको नेतृत्वमा संविधानको सफल कार्यान्वयन र निर्वाचन आवश्यक रहेको बताए।

प्रकाशित: १ माघ २०७८ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App