१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

चेपाङ परिवारलाई खाद्यान्न सहयोग

जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। हिन्दूको महान चाड दसैँ – तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदूरी गर्नसमेत नपाई खाद्यान्न संकटमा परेका चेपाङ घरपरिवारलाई सहयोग गरिएको हो।

कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज

नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो।

नवीनको परिवारलाई आर्थिक सहयोग

कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा सन्चित रकमको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

माल्दिभ्सविरुद्ध ऐतिहासिक जित

यसअघि शुक्रबारै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो।

कोरोनापछिको पर्यटनः बढ्दै व्यापार, व्यस्त व्यवसायी

ठमेल क्षेत्रका झन्डै १० हजार व्यवसायी र तिनमा निर्भर झन्डै १२ लाख मानिसको रोजगारीमा परेको संकट अब केही टर्ने झल्को देखिएको छ। हालसम्म नेपालमा १ सय ४२ वटा तारे होटल रहेका छन्। जसमा डिलक्स, पाँचतारे १५, चारतारे १७, तीनतारे ३३, दुईतारे ४२ र एकतारे ३४ वटा रहेका छन्।

एमाले विधान महाधिवेशन व्यवस्थित गर्न ५ कमिटी, १० समूह

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख कमरेड विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेको बताए।

नेकपाका नेता रिहा हुनेबित्तिकै पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई अदालतबाट रिहा हुनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ। ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका उनीमाथि अर्काे मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो।

वैदेशिक सहयोगले देशको सार्वभौमिकतामाथि असर : अध्यक्ष बिजुक्छेँ

उनले आफूमा भएको सीप, ज्ञान र कुशलताको उचित उपयोग गरेर समाज र देशको हितको निम्ति काम गर्नुपने समेत बताए।

नेपाली महिलाद्वारा पहिलो पटक धवलागिरि हिमाल आरोहण

धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन्। काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिईन्।

अल्मुताइरीलाई लक्ष्य साकार गर्ने अवसर

गत चैतमा नेपालमा सम्पन्न थ्री नेसन्स कपपछि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अब्दुल्लाह अल्मुताइरीले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियन बनाउने रहेको बताउँदै आएका छन्।

डिमान्ड शुल्क बढाउन प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकको डिमान्ड शुल्क प्रतिकेभिए प्रतिमहिना सय रूपैयाँ वृद्धि गर्ने प्रस्ताव गरेको छ।

‘सञ्चार उद्योग सक्षम हुन एकता आवश्यक’

सञ्चार उद्योग सफल र सक्षम बन्न एक आपसमा एकताको आवश्यकता औंल्याइएको छ। बिहीबार नेपाल मिडिया एलाइन्सले आयोजना गरेको कार्यक्रमका सहभागीले सञ्चार उद्योगले आपसमा प्रतिस्पर्धा नगरी एकता आवश्यक परेको बताए।

मोको डिजिटल वालेट सञ्चालनमा

फोक्सवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा मोकोबाट स्क्यान–टु–पे सुरु गरेको छ।

हेक्टर २०२१ साइन भेरयिन्टको बुकिङ सुरु

एमजी मोटर्स नेपालको आधिकाीरक वितरक प्यारामाउन्ट मोटर्सले हेक्टर २०२१ साइन भेरिएयन्टको बुकिङ सुरु गरेको छ। हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टर कुल इन्जिनको साथ भएको र यो दुवै एमटी र सिविटी भेरयिन्टमा उपलब्ध रहने प्यारामाउन्ट मोटर्सले जनाएको छ।

‘नेपाल गभर्मेन्ट रेल्वे’को १७ सय बिघा अतिक्रमित

तत्कालीन ‘नेपाल गभर्मेन्ट रेल्वे’ को एक हजार ७ सय ४९ बिघा जग्गा अतिक्रण गरिएको छ। रक्सौल–अमलेखगन्ज रेल मार्गमा पर्ने उक्त जग्गा व्यक्ति र उद्योगहरूबाट अतिक्रमणमा परेको हो। विक्रम संवत् १९८४ अर्थात् सन् १९२७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा ‘नेपाल गभर्मेन्ट रेल्वे’ स्थापित भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्