२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

हेक्टर २०२१ साइन भेरयिन्टको बुकिङ सुरु

एमजी मोटर्स नेपालको आधिकाीरक वितरक प्यारामाउन्ट मोटर्सले हेक्टर  २०२१ साइन भेरिएयन्टको बुकिङ सुरु गरेको छ। हेक्टर  १.५ लिटर  टर्बो चार्ज्ड इन्टर कुल इन्जिनको साथ भएको र  यो दुवै एमटी र  सिविटी भेरयिन्टमा उपलब्ध रहने प्यारामाउन्ट मोटर्सले जनाएको छ।

यो विकसित एसयुभी अल–न्यु बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलइडी हेडल्याम्प, स्टाइलिस आर  १७ सिल्वर  एलोई, इलेक्ट्रिक सनरूफ, पुस बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक र  अन्य थुप्रै सुविधाका साथ उपलब्ध हुने कम्पनीले जनाएको छ। यो कार स्टनिङ २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभियन प्रणालीको भएको र  यसले हरेक यात्राको पललाई आरामदायक बनाउने कम्पनीको दाबी छ।

गाडी २५ भन्दा बढी सुरक्षा सुविधाका साथ इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर  वाइपर  र  वासर , रियर  डिफोगर , फ्रन्ट फग ल्याम्प र  गति चेतावनी एलर्टसहित उपलब्ध रहेको छ। यो गाडी हभाना ग्रे, क्यान्डी ह्वाइट, स्टारी ब्ल्याक र  अरोरा सिल्वर  जस्ता विभिन्न सेड्समा उपलब्ध छ। 

प्रकाशित: १५ आश्विन २०७८ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App