५ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम पुगेर शेखरले भने: देउवा आदरणीय नेता, असमझदारी छैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाहिर हल्ला भएजस्तो सभापति शेरबहादुर देउवासँग आफ्नो असमझदारी नरहेको बताएका छन् । शुक्रवार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन् । 

‘सभापति देउवा हाम्रो आदरणीय नेता हो,’ कोइरालाले भने,‘बाहिर हल्ला आएजस्तो उहाँसँग मेरो कुनै किसिमको असमझदारी छैन । 

काेइरालाले कांग्रेस र नेकपा एमालेबिच बनेको सरकार ढल्छ भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताए । कांग्रेस र  एमालेबिच भएको सहमति अनुसार संविधान संशोधन समयमै गर्न भने उनले गठबन्धन सरकारको ध्यानाकर्षण गराए । 

कोइरालाले १५ औँ महाअधिवेशनमा आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको पनि प्रतिक्रिया दिए । 

प्रकाशित: ५ पुस २०८१ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App