८ वैशाख २०८३ मंगलबार
image/svg+xml

विद्युत् महसुल नतिर्ने दुई सय ७७ ग्राहक कालोसूचीमा

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ।

कारागारको क्षमताभन्दा १० हजार बढी कैदीबन्दी

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार देशभरिका कारागारसँग १८ हजार २६२ कैदीबन्दी राख्ने क्षमता भए पनि ती कारागारमा हाल २७ हजार ४६२ जनालाई राखिएको छ। दैनिक संख्या भने घटबढ भइरहन्छ तर समग्रमा नौदेखि १० हजार कैदीबन्दी कारागारको क्षमताभन्दा बढी छन्।

विद्यालयमा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न सरकारको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालय तहमा सरकारले स्वीकृत गरेको पाठ्यक्रम र पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन दिएको छ।

नेपालमा सक्रिय सुन चोरी गर्ने पाकिस्तानी गिरोह : दुई महिलासहित चार जना पक्राउ

नेपालका विभिन्न जिल्लामा सुन चोरीमा संलग्न रहेको आरोपमा चार जना पाकिस्तानी पक्राउ परेका छन्। दुई महिला र दुई पुरुष पक्राउ परेका हुन्।

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ।

ट्रम्प क्याबिनेट : कार्यालय समयमै मदिरा सेवनको आरोप लागेकी श्रममन्त्रीले राजीनामा दिइन्

सुरुमा ह्वाइट हाउसले यी आरोपलाई आधारहीन भने पनि प्रमाणहरू थपिँदै गएपछि उनको बहिर्गमन निश्चित भएको थियो। यसै अनुसन्धानका क्रममा श्रम विभागका चार अधिकारीलाई यसअघि नै बर्खास्त गरिसकिएको छ।

फिलिम-लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक लगाइएको छ।

राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ।

पर्यटकीय याम सुरु भएसँगै घान्द्रुकमा चहलपहल बढ्यो

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यति बेला पर्यटकको चहलपहल बढेको छ।

विद्रुप वेदनामा वीरगन्ज

मधेसका जनताले ठुलो आशा र विश्वाससाथ नयाँ नेतृत्वलाई समर्थन गरे पनि सरकारका केही हतारिएका निर्णयले आधारभूत आवश्यकतामै संकट सिर्जना गर्‍यो। व्यवस्थापनको अवसर नदिँदा जनतामा निराशा र पश्चातापको भावना तीव्र रूपमा बढेको देखिन्छ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना

हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

'बालअधिकार उल्लंघनका घटना अन्त्यका लागि प्रभावकारी समाचार सम्प्रेषण गरिनुपर्छ'

बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारी र समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिइएको छ।

जापानमा ७.७ म्याग्निच्युडको भूकम्पपछि जारी सुनामी चेतावनी हट्यो, हप्ताभर सतर्क रहन आग्रह

जापान विश्वकै सबैभन्दा बढी भूकम्प जाने देशहरूमध्ये एक हो। यहाँ हरेक वर्ष लगभग एक हजार ५०० पटक भूकम्पका धक्का महसुस गरिन्छ, जसले विश्वको कुल भूकम्पीय गतिविधिको करिब १८ प्रतिशत हिस्सा ओगट्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्