१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

तेक्वान्दो संघको चौंथो महाधिवेशन शनिबार भैरहवामा हुने

महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्षसहित ११ जना सदस्य निर्वाचित हुनेछन्।

भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समीक्षा

दुबै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका थिए।

काँग्रेस महाधिवेशनः कैलालीको वडा अधिवेशनको अझै टुंगो लागेन

सुदूरपश्चिम प्रदेशका जिल्लाहरू मध्य कैलालीमा कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेका छन्। कैलालीमा १२६ वडा छन्। कैलालीको १८ हजार २ सय ५९ क्रियाशील सदस्य सार्वजनिक गरिएको नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमिति सदस्य केशव मिश्रले बताएका छन्। जिल्लाबाट सबै प्रक्रिया पुर्‍याएर नविकरण र नयाँ गरी १८ हजार एक सय ३४ जना सदस्यको नामावली पठाइएको थियो। त्यसमा १ सय २५ थप गरेर कैलालीको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको उनले बताए।

कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो

कर्णालीका १० मध्ये यसअघि नौ वटा जिल्लाको नेतृत्व गरेको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनमा भने कमजोर देखिएको छ।

अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।

बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

क्यापिटलका अनुसार बुधबार बेलुका पाँचबजेसम्ममा कम्पनीको आइपीओमा १५ लाख ९० हजार चार सय १८ जना आवेदकले दुई करोड तीन लाख सात हजार दुई सय २० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्। यो कम्पनीले बिक्रीमा ल्याएको आइपीओको १५ दशमलव ७६ गुणा धेरै हो। उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

प्रशिक्षक तालिम सम्पन्न

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भन्दै आयोजना गरेको एकहप्ते प्रशिक्षक तालिम सम्पन्न भएको छ।

मन्डेकाजी जर्मनी जाँदै

१३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी श्रेष्ठले जर्मनीमा हुने चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्नेछन्।

महिला खेलाडीलाई ब्याट

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश– १ ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई क्रिकेट ब्याट प्रदान गरेको छ। खेलाडीलाई जनही एक थान ब्याट प्रदान गरिएको हो।

हेल्प नेपाल समूहविजेता

हेल्प नेपालले तेस्रो सेट २५–२२ र चौथो २५–१९ ले आफ्नो बनाउँदै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। हारपश्चात् तीन खेलमा एक हार बेहोरेको गलकोट स्पोर्ट्स क्लब उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको छ।

नेपाल फाइनान्सको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

नेपाल फाइनान्सले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो नियुक्तिसम्बन्धी सम्झौतामा नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

आइएमई पे र नियोटेरिकबिच सम्झौता

आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता भएको छ।सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसनका व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिकका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्।

पत्रकार महासंघ भवन निर्माणका लागि सहयोग

नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निमार्णका लागि वृज सिमेन्ट कम्पनीले सहकार्य गरेको छ। उक्त भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट ई प्रालिले उपलब्ध गराउने भएको छ।

विदेशी मुद्रा सञ्चितिमा कमी: विदेश जानेले २ सय अमेरिकी डलरभन्दा बढी नगद नपाउने

असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रूपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँमा झरेको छ। डलर अभाव हुँदै गएपछि राष्ट्र बैंकले तीन वर्षअघि पनि पर्यटक भिसामा विदेश जानेलाई दिँदै आएको दुई हजार पाँच सय अमेरिकी डलरको सुविधालाई एक हजार पाँच सय डलरमा झारेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्