१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मन्डेकाजी जर्मनी जाँदै

१३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी श्रेष्ठले जर्मनीमा हुने चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्नेछन्।

मन्डेकाजीले आगामी अक्टोवर २ तारिखमा हुने च्याम्पियनसिपको पुरुष एकल कातामा प्रतिस्पर्धा गर्न लागेका हुन्। उनीसँगै नेपालका मुकुन्द महर्जनले चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा कुमुतेतर्फ प्रतिस्पर्धा गर्दैछन्। गत १३औं सागमा कांस्य जितेका मुकुन्दले ७५ केजीमुनि तौलसमूहमा खेल्नेछ। 

मन्डेले १३औं सागमा व्यक्तिगत काता र टिम कातामा स्वर्ण जितेका थिए। यी दुई खेलाडी बिहीबार जर्मनीको चिम्निजतर्फ प्रस्थान गर्नेछन्। उनीहरूलाई बुधबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरे। सो अवसरमा पारागन पब्लिक स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दिन, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, जोमाका प्रबन्ध निर्देशक विश्वास लामाले खेलाडीलाई ट्य्राकसुट प्रदान गरेका थिए। साकिरले खेलाडीको खाना/बसोबासको पनि प्रायोजन गरेको मन्डेले जानकारी गराए। 

प्रकाशित: १४ आश्विन २०७८ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App