९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा चार जनाको ज्यान गएको घटनाबारे छानबिन गर्न समिति गठन

ताप्जेजुङमा विद्युतीय तारमा अल्झिएर गाडीमा आगजनी हुँदा चार जनाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा पाथिभरा मन्दिर दर्शनका लागि जाँदै बोलेरो जिपमा आगजनी हुँदा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको थियो ।

आगजनीमा गम्भीर घाइते एक महिलाको काठमाडौंमा उपचार भइरहेको छ । मन्त्री दीपक खड्काको निर्देशनमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले छानविनका लागि चार सदस्यीय समिति गठन गरेको हो । नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा गठित समितिमामन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्य रहने मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

समितिलाई दुर्घटना हुनुको कारणबारे अध्ययन गरी प्रतिवेदन तयार गर्न भनिएको छ । साथै आगामी दिनमा यसप्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपायहरू सुझावस्वरूप पेश गर्न निर्देशन दिइएको छ । समितिले शुक्रबारबाटै आफ्नो काम सुरु गरेको छ ।

गत सोमबार बिहान पाथिभराको दर्शनका लागि जाँदै गरेको ना१ज ३०११ नम्बरको जिपमा विद्युतीय तारले छुँदा आगलागी भएको थियो । आगजनीमा चालकसहित सवार चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित: १२ वैशाख २०८२ १७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App