८ वैशाख २०८१ शनिबार
राजनीति

वैदेशिक सहयोगले देशको सार्वभौमिकतामाथि असर : अध्यक्ष बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले वैदेशिक सहयोगमा भएका सम्पदा पुनःनिर्माण र विकास आयोजनाले देशको सार्वभौमिकतामाथि असर पुगेको बताएका छन्।

एमसिसीको विषयबारे चर्चा चलिरहेको बेलामा अध्यक्ष बिजुक्छेँले सो बताएका हुन्। ख्वप इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७७÷७८ मा एम.ई. इन अर्थक्वेक र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन विषयअन्तर्गत स्नातकोत्तर तहमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरणमा उनले अनुशासन र इमानदारिता नै भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजमा पढेका विद्यार्थीहरुको पहिचान भएको उल्लेख गरे।

इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनको जोड थियो। उनले आफूमा भएको सीप, ज्ञान र कुशलताको उचित उपयोग गरेर समाज र देशको हितको निम्ति काम गर्नुपने समेत बताए।  उनले शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताउँदै स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा व्यापक जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउने चर्चा गरे।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुमा समाज र देशको निम्ति काम गर्ने भावना हुनुपर्नेमा जोड दिँँदै इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो आंैल्याए।

कलेजका व्यवस्थापन समितिका उपाध्यक्ष एवम नगरपालिकाका उपप्रमुख रजनी जोशीले अर्थक्वेक र अर्बान डिजाइन र कन्जर्भेसन विषयको महत्वबारे प्रष्ट पार्नुहुँदै पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र सम्बद्र्धनमा यी विषयहरुले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा अर्थक्वेक र अर्बान डिजाइन विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको र सम्पदा संरक्षण तथा सभ्य सहर निर्माणमा यी विषयहरु महत्वपूर्ण विषयको रुपमा रहेको बताए। कार्यक्रममा एम.ई. इन अर्थक्वेक विषयका विभागीय प्रमुख मन्जिप शाक्य र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन लिवास फैंले विषयत जानकारी दिए।

प्रकाशित: १५ आश्विन २०७८ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App