coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘सञ्चार उद्योग सक्षम हुन एकता आवश्यक’

 सञ्चार उद्योग सफल र सक्षम बन्न एक आपसमा एकताको आवश्यकता औंल्याइएको छ। बिहीबार नेपाल मिडिया एलाइन्सले आयोजना गरेको कार्यक्रमका सहभागीले सञ्चार उद्योगले आपसमा प्रतिस्पर्धा नगरी एकता आवश्यक परेको बताए।

पछिल्लो समय सञ्चार प्रतिष्ठानको संख्या बढ्दै गए पनि आर्थिक रूपमा अन्य उद्योगसरह प्रगति गर्न सकेका छैनन्। आर्थिक रूपमा सबल नहुँदा क्षमतावान र दक्ष युवा अरू क्षेत्रमा पलायन भइरहेका छन्।

भारतमा विभिन्न सञ्चार माध्यमका काम गरिसकेका प्राध्यापक उज्ज्वल के चौधरीले कम्तीमा १५ सञ्चार प्रतिष्ठान एकताबद्ध भएर अघि बढ्ने हो भने त्यसले समाजका अन्य क्षेत्र र राज्यको ध्यान आकर्षित गर्न सक्ने बनाए।

उनका अनुसार सञ्चारमाध्यम सफल हुन सर्वसाधारणबीच देखिन/चिनिन र विषयवस्तुलाई गहन रूपमा प्रस्तुत गर्न जरूरी हुन्छ। ‘प्रविधिको व्यापक विकास भएकाले अब एकै माध्यम मात्र नभई मल्टिमिडियालाई पनि जोड दिनुपर्छ,’ उनले भने।

एलाइन्सका अध्यक्ष भाष्कर राजकर्णिकारले सञ्चारमाध्यमको प्रगति र विकासका लागि अहिलेको विज्ञापन बजारलाई वृद्धि गरी कम्तीमा दोब्बर पार्न पर्नेमा जोड दिए। विज्ञहरूले नेपाली समाजमा सञ्चार माध्यमको भूमिका व्यापक रूपमा बढ्दै गए पनि विज्ञापनबाट कुल गार्हस्थ उत्पादनको एक प्रतिशत हाराहारी पनि रेभेन्यू संकलन नहुनुलाई चिन्ताको विषयको रूपमा लिएका छन्।  हाल कुल गार्हस्थ उत्पादनको ०.३६ प्रतिशत हाराहारीको रकम मात्र नेपाली विज्ञापन बजारबाट संकलन हुने गरेको छ। चौधरी सञ्चार उद्यमीले सफलतापूर्वक सञ्चारमाध्यम सञ्चालन गर्न आम सर्वसाधारण कस्ता लेख, रचना चाहन्छन् भन्नेबारे अनुसन्धान गर्नुपर्ने बताउँछन्। त्यस्तै सञ्चार माध्यममा दक्ष र अनुभवी सञ्चारकर्मी र कर्मचारीको पनि उत्तिकै आवश्यकता हुन्छ भन्नेमा नभुल्न विज्ञहरूले सुझाव दिएका छन्। सञ्चार माध्यमले नयाँ ढंगबाट काम नगर्ने हो भने विज्ञापनदाताले सामाजिक सञ्जाल प्रयोग गर्न सक्ने उत्तिकै सम्भवना रहेको औंल्याइएको छ। यमले नयाँ ढंगबाट काम नगर्ने हो भने विज्ञापनदाताले सामाजिक सञ्जाल प्रयोग गर्न सक्ने उत्तिकै सम्भवना रहेको औंल्याइएको छ। 

प्रकाशित: १५ आश्विन २०७८ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App