५ आश्विन २०८१ शनिबार
image/svg+xml

धानबालीमा सवा आठ अर्बको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो।

इलाम र पाँचथरका बाढी पीडितलाई भेटेर प्रधानमन्त्रीले भनेः सरकार तपाईको साथमा छ

केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था निरीक्षण गर्नेक्रममा प्रधानमन्त्रीले इलामको फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र पाँथरको फाल्गुनन्द गाउँपालिकाको निरीक्षण गरेका हुन्।

तत्काल राहतको व्यवस्था गरिनुपर्छ: वरिष्ठ नेता पौडेल

कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उनले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताएका हुन्।

विदेशी दातासंग सहयोग मागेर भएपनि बाढी पीडितलाई राहत दिन्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी दातासँग सहयोग मागेर भएपनि बाढीपीडितलाई राहत दिने विश्वास दिलाएका छन्।

सुदूरपश्चिम: बाढीपहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो।

मेलम्ची बाढीः बेलिब्रिजले जोडिँदै हेलम्बुको ‘लाइफलाइन’

मेलम्ची बाढीले बगाएको हेलम्बुको ‘लाइफलाइन’ रातोपुलको स्थानमा बेलिब्रिज निर्माण गर्न थालिएको छ। सरकारले ‘फास्ट ट्र्याक’ मार्फत नेपाली सेना परिचालन गरेर मेलम्ची नदीमाथि हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण थालेको हो।

घर फर्किन सकेनन् बाढी पीडित

बाढीका कारण विस्थापित भएकाहरुलाई राहत वितरणको काम सुरु भएको छ। उनीहरुलाई तत्काल खाद्यान्न, त्रिपाल, ओढ्ने ओछ्याउने सामाग्री राहत स्वरुप वितरण भैरहेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए।

रातोपुल बगाएपछि चनौटेमा बेलिब्रिज निर्माण सुरु

पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको वडा १, २ र ३ पाँचपोखरी थाङपाल गाउँपालिकाको १ र २ मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक प्रयोगबाट वञ्चित थिए।

सोत्तर बनेको धान हेरेर टोलाउँछन् किसान

बाढीले सोत्तर बनाएको धान हेर्छन अनि घर फर्किन्छन्। घर बस्दा मन मान्दैन। खेतमा पुगे जमिनमा उम्रिन थालेको धान काट्ने हिम्मत आउँदैन।

बर्दियाको बाढी प्रभावित क्षेत्र राजापुर जाँदै प्रधानमन्त्री देउवा

बाढी र पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न निस्केका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बर्दिया जाँदै छन्। प्रधानमन्त्री देउवासहितको टोली बिहीबार हेलिकप्टरमार्फत सुदुर पश्चिम क्षेत्र निरीक्षण गर्न आएको हो।

बाढीले जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गासकै समस्या

कैलालीको पूर्वी भेग टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीका कारण हजारौँ नागरिक विद्यालय तथा उच्च ठाउँका घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् भने बर्दिया र कैलाली सीमामा करिब अढाई सय मिटर पक्की सडक भत्किँदा आवतजावतमा समस्या भएको छ।

प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो पीडित ६ जिल्लाको भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरुमा स्थलगत भ्रमण गरेका छन्। डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कंचनपुर लगायत जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए।

प्रदेश १ मा बाढी पहिरोमा परी ६२ जनाको मृत्यु

मृत्यु हुनेमा सबैभन्दा बढी पाँचथरमा २८, इलाममा १४, सुनसरीमा ८, धनकुटामा ७, उदयपुरमा २, सोलुखुम्बु, मोरङ र भोजपुरमा १–१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

इटहरी क्षेत्रबाट तीन जनाको शव भेटियो, अझै तीन जना बेपत्ता

इटहरीमा वर्षेनी वर्षातको पानीको निकास नहुँदा वस्तीका घरहरुमा पानी छिरेर क्षति गर्ने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्