२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

फाइनलपछि म नेपाल फर्कने पनि छैनः प्रशिक्षक अलमुताइरी

प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । उनले भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे। तर नेपालको जितमा खुसी छु।’

अनिल स्वस्तिश्रीको सद्भावना दूत

सम्झौतापत्रमा स्वस्तिश्री गुरुकुलका प्रबन्ध निर्देशक मीना महर्जन चित्रकार र अनिल गुरुङले हस्ताक्षर गरेका थिए। सम्झौतापछि अनिलले स्कुलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

श्रीलंकालाई कमजोर नआँक्ने

‘हामीले श्रीलंका र बंगलादेशबीचको खेल हेरका थियांै। श्रीलंकाले आक्रामक खेलेको थियो। हामी श्रीलंकामाथि फराकिलो गोलअन्तरका लागि भन्दा पनि पूरा ३ अंकका लागि खेल्छौं।’

विमल प्रशिक्षणमा फर्किए

कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा फागुन २५ गते विमलको घुँडाको सफल शल्यक्रिया भएको थियो। उनको उपचारको व्यवस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिलाएको थियो।

साफ च्याम्पियनसिप: विकेश र राजन परेनन्

साफ च्याम्पियनसिपको तयारीका लागि गत महिना भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको नेपाल १० दिने कतार भ्रमणमा निस्किएको थियो।

एन्फा विवादः छानबिन समितिले बुझायो प्रतिवेदन

विवादकै प्रतिवेदनमाथि असहमति जनाउँदै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टोलीबाट बाहिरिने संकेत गरेका छन्। सामाजिक सन्जालमा उनले लेखेका छन् ‘आइ एम आउट, लेट पोलिटिक्स वर्क।’

साफमा इतिहास कोर्न लक्ष्य छः अल्मुताईरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा इतिहास कोर्ने दावी गरेका छन् । उनले साफमा फाईनलको यात्रा तय गरेर नयाँ इतिहास कोर्न लक्ष्य रहेको स्पष्ट पारे ।

दोस्रो चरणमा २८ नाम सार्वजनिक

१३औं संस्करणको साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुँदै छ। त्यसअघि नेपालले तयारीस्वरूप घरेलु भूमिमा भारतसँग दुई मैत्रीपूर्ण खेल पनि खेल्दै छ। उक्त खेल दशरथ रंगशालामा सेप्टेम्बर २ र ५ मा हुनेछन्। हाल नेपाली टोली च्याम्पियनसिपको तयारीका लागि पोखरामा प्रशिक्षण गरिरहेका छन्।

भारतसँग दुई मैत्रीपूर्ण फुटबल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नै घरेलु भूमि दशरथ रंगशालामा आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो। आगामी साफ च्याम्पियनसिप अक्टोबरमा हुने भनिए पनि मिति र आयोजक राष्ट्र तय भएका छैनन्। सोही प्रतियोगिताका लागि लक्षित गरेर आगामी सेप्टेम्बर २ र ५ मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुन लागेका हुन्।

त्रिदेशीय कपमा उत्कृष्ट नतिजाको आशा

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबारबाट सुरु हुने त्रिदेशीय फुटबल प्रतियोगितामा आफ्नो टोलीले उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन्। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तानको यु–२३ टोलीबीच खेल हुनेछ।

नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्याण्डको पुलिस टेरो क्लब भिड्दै

मैत्रीपूर्ण फुटबल खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार (आज) थाइल्याण्डको पुलिस टेरो क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्