८ वैशाख २०८१ शनिबार
खेल

नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्याण्डको पुलिस टेरो क्लब भिड्दै

तस्बिर साैजन्यः गाेलनेपाल डटकम

काठमाडौं – मैत्रीपूर्ण फुटबल खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार (आज) थाइल्याण्डको पुलिस टेरो क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ५ बजेपछि बोनयाचिन्दा स्टेडियममा सुरु हुनेछ।

अखिल नेपाल फुटबल संघ एन्फाको संयोजनमा नेपालले थाइल्याण्ड बसाइमा २ वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। एन्डोनेसियामा अर्को महिना हुने एसियाली खेलकुद र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली थाइल्याण्ड गएको हो। दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको २३ वर्षमुनिको टोलीले शुक्रबार थाइल्याण्डको २३ वर्षमुनिको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

आजको खेलमा राष्ट्रिय टोलीका रोहित चन्द र किरण चेम्जोङ भने उपलब्ध हुने छैनन्। रोहितलाई क्लबले नपाठाएको हो भने किरण भिसा समस्याका कारण पहिलो खेलमा खेल्न नपाउने भएका हुन्। थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ। एसियन खेलमा नेपाल समूह ‘डी’ मा रहेको छ।

नेपालको समूहमा जापान, भियतनाम र पाकिस्तान रहेका छन्। नेपालले पहिलो खेलमा बलियो टोली जापानसँग खेल्नेछ।

प्रकाशित: २२ श्रावण २०७५ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App