७ आश्विन २०८१ सोमबार
image/svg+xml

रिहा भएलगत्तै फेरि पक्राउ परे विप्लवका प्रवक्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। ७ करोड बराबरको चन्दा असुलीको अभियोगमा साउन २२ गते आफ्ना सहयोगीसहित चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मालाई शुक्रबार सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएको थियो।

३५ बर्षपछि फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका जिल्लाको खाडादेवी गाउँपालिका वडा नं १ का ७० बर्षीय छेवाङ तमाङलाई अदालतले १० बर्ष कैद सजाय फैसला गरेको ३५ बर्ष पछि रामेछाप प्रहरीले पक्राउ गरेको छ।

पाेल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई विदेशी पक्राउ

महानगरीय अपराध महाशाखाले पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।महाशाखाको टोलीले पुतलीसडकको एक घरमा कार्यालय खोली पोल्याण्ड पठाइदिने भनी ठगी गर्ने युक्रेनका २६ वर्षीय बिटाली विलय र २३ वर्षीय नटालिला मेल्नीचौकलाई विहिवार पक्राउ गरेको हो।

हरिणको मासु विक्री गर्ने पक्राउ

संरक्षित वन्यजन्तु हरिणको मासु विक्री गरेको अरोपमा सर्लाही प्रहरीले पाँचजना पक्राउ गरेको छ। सेक्टर वन कार्यालय मूर्तियाको टोलीले बिहीवार बिहान जिल्लाको दक्षिण–पश्चिम क्षेत्र स्थित राजघाटबाट पाँचजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३२ वर्षीय दुधलाल स्याङतान, ४३ वर्षीय ज्ञानबहादुर मोक्तान, ६० वर्षीय मानबहादुर मोक्तान, ४८ वर्षीय वीरबहादुर स्याङतान र ६७ वर्षीय सुब्बा सिं मोक्तान रहेका छन्।

घुस रकम सहित राैतहटका एक शिक्षक पक्राउ

सेवाग्राहीसँग लिएको घुस सहित एक शिक्षक पक्राउ परेका छन्। सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयका प्राथमिक शिक्षक तथा सहायक लेखापाल प्रमोद ठाकुरलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले ४५ हजार घुस सहित पक्राउ गरेको हो।

किशोरीमाथि सामूहिक बलात्कार अभियोगमा टेम्पु चालक पक्राउ

एक अपरिचित यात्रुलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक टेम्पु चालक पक्राउ परेका छन्। गाईघाटस्थित बसपार्कबाट त्रियुगा नगरपालिका २ मोथियाहीस्थित घर जाने भनेर टेम्पु चढेकी १७ वर्षीया युवतीलाई बाटोमा बलात्कार गरेर होटलमा ल्याएर सामूहिक बलात्कार गराएको अभियोगमा त्रियुगा नगरपालिका १२ का २६ वर्षीय विकास परियार पक्राउ परेका हुन्।

जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ६ महिनापछि  पक्राउ गरेको छ। सिरहा नगरपालिका –३ का धर्मेन्द्र भन्ने सुरेश कुमार ठाकुर सोमबार परेका हुन्।

लागू औषधसहित एक पक्राउ

उदयपुरमा १ यात्रु लागू औषधसहित सोमबार पक्राउ परेका छन्। बिराटनगरबाट आउँदै गरेको को १ ख ५५३९ नम्बरको यात्रुबाहक बस त्रियुगा नगरपालिका ६ जलजलेस्थित दिउँसो चेकजाँच गर्ने क्रममा ३० वर्षीय लक्ष्मण थापा लागू औषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

विराटनगरमा बम विस्फाेट प्रकरण: शकास्पद ९ जना पक्राउ

विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर अाइतबार गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए।

दश किलोग्राम चरेशसहित लाजिम्पाटबाट ६ जना पक्राउ

महानगरीय प्रहरी वृत्त दरबामार्गले अवैध लागुऔषध १० किलोग्राम चरेशसहित ६ जनालाई पक्राउ गरेको छ। वृत्तको टोलीले अाइतबार साँझ लाजिम्पाट क्षेत्रमा चरेश कारोवार गर्दै हिँडिरहेको अवस्थामा बाग्लुङका २४ वर्षीय रोजन छन्त्याल र सुजन मगर, काभ्रेका २३ वर्षीय राम मगर, काठमाडौँका २० वर्षीय विशाल मगर, कास्कीका २७ वर्षीय सञ्जय सुवेदी र रोल्पाका ३४ वर्षीय शेरबहादुर पुनमगरलाई पक्राउ गरेको हो।

युवतीकाे याैन शाेषण गर्ने रेष्टुरेण्ट सञ्चालक पक्राउ

किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

विप्लवका प्रवक्तालाई थप ३ दिन थुनामा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले चन्दा असुलीको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ।  विश्वकर्मा चालक र सहयोगीसहित साउन २२ गते दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ परेका थिए।

११३ किलो गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

प्रतिबन्धित लागुऔषध गाँजा १ सय १३ किलो सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले गाँजासहित ट्रकका चालक विष्णुभक्त श्रेष्ठलाई आईतबार पक्राउ गरेको हो।

गाँजा र अवैध सामग्रीसहित ३ पक्राउ

प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्