६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लागू औषधसहित सर्लाहीमा एक युवक पक्राउ

सर्लाहीमा सशस्त्र प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। सर्लाहीको कविलासी नगरपालिका ७ गैर गाउँस्थित सशस्त्र प्रहरीको चेक प्वाइन्ट टोलीले पैदल हिँडिरहेका युवकलाई चेक जाँच गर्दा लागू औषध बरामद भएपछि पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका ४ का १८ वर्षीय अनिश कुशवार रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले चेकजाँच गर्दा पैदल यात्रु कुशवारको साथबाट नाइट्रोभेट १० पत्ता ३०० पिस बरामद भएको हो। लागू औषधसहित फेला परेका युवक कुशवारलाई सशस्त्र प्रहरी बलले नेपाल प्रहरीलाई बुझाएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि विजय यादवले जानकारी दिएका छन्।

 

 

प्रकाशित: १४ भाद्र २०७९ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App