७ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतीय एस बैंकका संस्थापक राना पक्राउ

भारतको समस्याग्रस्त घोषणा गरिएको ‘एस बैंक’का संस्थापक राना कपुरलाई आइतबार सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका छन्।

साउदी अरेबियाली राजपरिवारका तीन वरिष्ठ सदस्य पक्राउ

साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ।

पत्रकार विरेन्द्र शाह हत्या प्रकरणः १२ वर्षपछि मुख्य अभियुक्त पक्राउ

पत्रकार शाहको २०६४ असोज १८ मा पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो। अपहरणको ३५ दिनपछि उनको शव डुमरबाना गाविस ९ मा पर्ने चारकोसे जंगलमा गाडिएको अवस्थामा कात्तिक २३ गते फेला परेको थियो।

२० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अदालतबा २० वर्ष कैद सजायको फैसला भएपनि कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

फरार अभियुक्त पक्राउ

हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ। हातहतियार खरखजाना मुद्दामा अदालतबाट तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौन निवासी ४७ वर्षीय धनिकलाल कामतीलाई प्रहरीले पक्राउ गरेको हो।

बन्दुक र गोलीसहित एक जना पक्राउ

दुई थान भरुवा बन्दुक र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गुलरिया नगरपालिका–९ टपरी गाँउका ५७ वर्षिय दिपबहादुर खड्काले माछा पोखरीको किनारामा रहेको सानो झुपडी घरमा लुकाई छिपाई भरुवा बन्दुक र गोली प्रहरीले बरामद गरेको हो।

लागुऔषधसहित दुई पक्राउ

साढे ४ ग्राम लागऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका–४ का २५ वर्षे रोशन राई र देउमाई नगरपालिका–९ का २० वर्षे विशाल सिवा रहेका छन्।

विप्लवका जिल्ला सदस्य हतियारसहित पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपा भोजपुुरका जिल्ला सदस्य पक्राउ परेका छन्। टेम्केमैयुङ गाउँपालिका-१ तिम्मा घर भएका विप्लव समूह जिल्ला सदस्य समुत परियारलाई हतियारसहित सोहि गाउँपालिकाको कोटबाट पक्राउ गरिएको थियो।

पूर्वडिएसपी पक्राउ

यौनहिंसाको आरोप लागेका पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार खिउजूलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार पक्राउ गरेको छ।

पत्रकार डेकेन्द्र हत्या प्रकरण: १५ वर्षपछि मुख्य आरोपी पक्राउ

पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १५ वर्षपछि मुख्य आरोपितमध्येका एकजना पक्राउ परेका छन्।

छ किलो सुनसहित भारतीय पक्राउ

मकवानपुर प्रहरीले ६ किलो २ सय ८९ ग्राम ३ सय ५० मिनीग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बाट भारत कर्नाटक बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई प्रहरीले पक्राउ गरेको हो।

८ जना चिनियाँ नागरिक पक्राउ

केही दिनअघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापनिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

फरार अभियुक्त पक्राउ

ठगी मुद्दाका फरार प्रतिवादी बैतडी दशरथचन्द नगरपालिका–१ का ३२ का रमेश बडूलाई ललितपुर नख्खुबाट प्रहरीले आइतबार पक्राउ गरेको छ।

१ सय ७३ थान लागुऔषधसहित युवक पक्राउ

उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट एक युवा भारी मात्राको लागूऔषधसहित पक्राउ परेका छन्। बिहीबार राति चौदण्डीगढी ४ को स्वामीचोकबाट २५ वर्षीय रोशन मगर १ सय ७३ थान बिभिन्न किसिमका लागुऔषध र गाँजासहित पक्राउ परेको प्रहरी चौकी बसाहालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्