४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

फरार अभियुक्त पक्राउ

काठमाडौं – ठगी मुद्दाका फरार प्रतिवादी बैतडी दशरथचन्द नगरपालिका–१ का ३२ का रमेश बडूलाई ललितपुर नख्खुबाट प्रहरीले आइतबार पक्राउ गरेको छ। उनीविरुद्ध उच्च अदालत पाटनको २०७५ कातिक १६ गते फैसलाबाट २ महिना ४ दिन कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

अदालतको फैसला लगत्तै फरार भएका बडुलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो। पक्राउ परेका बडूले नेपाली सेनामा कार्यरत एक व्यक्तिलाई शान्ति सेनामा पठाइदिने भन्दै दुई लाख ५० हजार रुपैयाँ र राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनी अन्य दुई व्यक्तिबाट २४ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेका महाशाखाले जनाएको छ। बडूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App